वस्तुका दलित महिलाहरु विचमा अन्तरकृया


   

 प्रेम सुनार
गुल्मी, साउन– २८ ।   गुल्मीको धुर्कोट वस्तुमा राजनैतिक सचेतना र महिला हिंसा न्युनिकरणमा दलित महिलाहरु विच अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । दलित महिला संघ , गुल्मीको आयोजनामा भएको छलफल तथा अन्तरकृया कार्यक्रममा वस्तुको १ देखि  वडा नम्वर ९ सम्मका दलित महिलाहरु सहभागी भएका थिए ।
   दलित महिला संघको केन्द्रिय कार्यालयकी कार्यक्रम संयोजक रञ्जीता परियार र रक्षा रिजाल , संघको गुल्मी शाखाबाट पुगेका अध्यक्ष कमला वराल, कोषाध्यक्ष माया चुँदारा, ममता चुँदारा  र सरस्वती सुनार लगातले सहजीकरण गरेका थिए ।
    दलित महिला हिंसा न्युनिकरण तथा राजनैतिक सहभागीता बृद्धि परियोजना अन्तरगत  वस्तुका दलित महिलाहरुका विचमा उक्त कार्यक्रम सञ्चालन गरिएको दलित महिला संघकी अध्यक्ष कमला वरालले बताईन् ।
   कालिका दलित महिला संघ वस्तुकी अध्यक्ष सरस्वती सुनारको अध्यक्षता रहेको कार्यक्रममा कल्पना सुनारको स्वागत मन्तव्य र  मिना नेपालीको सञ्चालन रहेको थियो । तस्वीरः कार्यक्रम पछि सामुहिक तस्वीर खिचाउँदैं संघबाट पुगेका अगुवा महिलाहरु

 


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment