गुल्मीमा टाईफाईड र भाइरलका बिरामीको चाप


सीता भण्डारी गुल्मी, ६ भदौ ।
गुल्मीमा केही दिनयता टाईफाईड र
भाईरलका बिरामीहरुको चाप बढेको छ । बर्षायामको लगभग
अन्त्यतिर आएर जिल्लामा टाईफाईड र
भाईरलका बिरामीको चाप बढेको हो ।
पछिल्लो केही दिनयता सदरमुकाम
तम्घासमा रहेको सरकारी अस्पताल जिल्ला अस्पताल
तम्घास, निजी अस्पताल रेसुङ्गा हस्पिटल
प्रा.लि तथा गाउँ–गाउँमा रहेका स्वास्थ्य
चौकीहरुमा टाईफाईड र भाईरलका बिरामीहरुको सख्या हवात्तै
बढेको स्वास्थ्य सस्थाहरुले जनाएका छन । सदरमुकाम
तम्घास आसपासबाट जिल्ला अस्पताल तम्घासमा उपचार
गराउन आउने अधिकांशहरुमा टाईफाईडको प्रभाव देखिएको छ
भने गाउँ
गाउँमा भाईरलका बिरामीको संख्या बढेको जिल्ला स्वास्थ्य
कार्यालय गुल्मीले जानकारी दिनएको छ । नियन्त्रणै गर्न
नसक्ने गरि नभएपनि टाईफाईड र
भाईरलका बिरामीहरुको संख्या प्रत्येक दिन ठूलो बन्दै
गएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर सुरेश
नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले
जिल्ला अस्पताल तम्घासमा दैनिक आउने सरदर २ सय
बिरामीहरुमा ५० प्रतिशत भन्दा बढी बिरामीहरु
टाईफाईडका रहेका छन भने ३० प्रतिशत
बिरामी भाईरलका रहेका छन । बर्षायामसँगै बढ्ने दुषित
पानीबाट बिरामीहरु प्रभावित छन् । बर्षायामसँग दुषित
पानी र खानाको प्रयोगले टाईफाईडका बिरामीहरु बढेका हुन
जिल्ला अस्पताल तम्घासका प्रमुख डाक्टर सुरेश नेपालले
भन्नुभयो“ ‘टाईफाईट दुषित पानी र खाने कुराको प्रयोगले
गर्दा हुने कुरा हो, भाईरल हावाबाट सर्ने प्रकोप हो ।”
यी दुबै सरुवा रोग भएकोले बिरामीहरुले हेलचेक्र्याईँ गरे
यसको प्रभाव अझै ठूलो हुन सक्ने सम्भावना रहेको समेत
प्रमुख डाक्टर नेपालको भनाई रहेको छ ।
अस्पतालमा आएका बिरामीहरु मध्ये अधिकाशं बुढाबुढी र
बालबच्चा रहेको समेत अस्पतालले जनाएको छ ।
यता जिल्लाको भनभने गाविसको वडा नम्बर ५ र ६
मा भाईरलका बिरामीको संख्या बढेको स्थानीय शिक्षक
तोयानाथ पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार
अनुसार वडा नम्बर ५ र ६ का बाँझाखर्क, बोदाने,
पल्लाखर्क, डाँडाखर्क र कालेकापोखरी क्षेत्रमा एक
साता देखि भाईरलका बिरामीहरुको संख्या बढेको बताउनुभयो ।
पछिल्लो समयमा समग्र जिल्लामा भाईरलको प्रभाव
बढीरहेको छ । सदरमुकाम आसपासमा भने
टाईफाईडका बिरामीको संख्या ठूलो छ । अहिले सम्म
जिल्लामा पर्याप्त औषधी रहेको जिल्ला स्वास्थ्य
कार्यालयले जनाएको छ । हल्का ज्वरो पछि बिरामीहरुलाई
एक्कासी टाईफाईड हुने गरेको भेटिएको छ । भाईरल
पेटको समस्याले गर्दा उत्पन्न हुने स्वास्थ्यकर्मीहरुले
बताएका छन् । भाईरल प्रभावितहरुमा ज्वरो आउने,
टाउको दुख्ने, हल्का रुघा लाग्ने
लगायतको समस्या देखिएको स्वास्थ्यकर्मीहरुको भनाई
रहेको छ । ज्वरोको संक्रमण भईरहेको बेला अरु
संक्रमणहरुपनि हुनसक्ने भएकाले बिरामी चनाखो बन्नुपर्ने
जिल्ला स्वास्थ्य कार्यालका स्वास्थ्य शिक्षा टेक्निशियन
गोपाल खनालले जानकारी दिनुभयो । उहाँले टाईफाईड
भन्दा भाईरलको संक्रमण देखिएका बिरामीले अरु
संक्रमणबाट बँच्नको लागि सजक हुन समेत खनालले आग्रह
गनुभयो ।

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment