बन्द रत्नपार्कभित्र कसरी भयो युवाको हत्या ?

काठमाडौं,भदौ ९ –

रत्नपार्कको बगैंचाभित्र एक युवकको घाँटी रेटी हत्या भएको छ । कवाडी सामान बटुल्ने काम गर्दै आएका छऔंले बाहुन भनिने व्यक्तिको हत्या भएको हो । हत्यामा संलग्न थिस्टार भनिने रविन महर्जनलाई प्रहरीले पक्राउ गरेको छ । पैसा लेनदेनको विवादमा गत ४ भदौमा महर्जनलगायतका व्यक्तिको समुहले ती युवकको हत्या गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी अपराध महाशाखाले महर्जनलाई बौद्धबाट पक्राउ गरेको हो । महाशाखाका प्रबक्ता एसपी भुपाल भण्डारीका अनुसार मृतक र अभियुक्त साथी हुन् । उनीहरु सँगै मिलेर चोरीसमेत गर्दथे । चोरी गरेको सामान भागबन्डा गर्दा कुरा नमिलेपछि हत्या गरेको खुलेको छ । मृतकसँग पैसा रहेको र नदिएपछि उक्त समुहका अन्य तीनजना उनलाई खोज्दै गत बुधबार रत्नपार्क गएका थिए । हतिरयारसमेत लिएर गएका उनीहरुले राति त्यहाँ भेटेपछि घाँटी रेटेर हत्या गरी पैसा लिएर भागेको नयाँ पत्रिका दैनिकमा खबर छ । 



Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment