ढल्की ढल्की नाचौकी”को २० प्रतिशत सुनकोशीका पहिरो पिडितलाई

कुमार अविरल पन्थी कतार साउन २८। 
चिसो चिसो पानी उमेर मै होस गर है ढल्केला जवानी, निष्ठुरी माया ए खै त बुझेको मेरो मन यो मायाले, जस्ता चर्चित गीतहरु सुन्ने बितिकै सम्झना आउछ तिनै गायिका इन्दिरा शाहको। दोलखामा जन्मे हुर्केकी इन्दीरा शाहको बाल्यकाल दोलखा मै बित्यो पछी गित संगीतको क्षेत्रमा प्रवेस गरेपछी उनी अहिले काठमाण्डौमा बसोबास गर्दै आएकी छिन । लोकदोहोरी क्षेत्रले भर्खर बामे सर्दै गर्दा उनी त्यस क्षेत्रमा प्रवेश गरेकी हुन । उनि भन्छिन - जब काठमाडौं आए लोक दोहोरी अनि यस क्षेत्रमा रुचि भयो , भर्खर लोक दोहोरीको सुरुवात हुदै थियो, मलाई पनि गित संगीतमा रुची भएकोले यस क्षेत्रमा घरपरिवारको सर्पोट बिनानै हात हालेको हु । अहिले गीत संगित बिना बाच्न नसक्ने अवस्था छ । मेरो नशा नशामा छ गीत संगीत । घर परिवार बाट राम्रो सहयोग नरहेपनि गायिका शाह कडा मेहनत र एक्लो प्रयासले आज यहाँ सम्म आउन सफल भएको बताउ छिन । १४ वर्षे लामो यात्रामा गयिका शाहले क्रमश दिल कुमारी, लाइदेऊ मोहनी, जवानि आधुनिक र ढल्की ढल्की नाचौकी गरी ४ वटा एल्वम निकाली सकेकी छिन । 
भर्खर मात्र बजारमा आएको एबम ढल्की ढल्की नाचौकी मा २ वटा गित राखिएको छ । सोहि एल्बममा चिसो चिसो पानी र ढल्की ढल्की नाचौकी गीतको बोल रहेको छ भने रामजी खाड र स्वयम इन्दिरा शाहको आवाज रहेको छ । त्यसैगरी पुष्कर सुनुवारको लय तथा प्रदीप रोक्का र सि.पि. मगरको शब्द रहेको छ । साथै उक्त एल्बमको भिडियो निर्माण कार्य समेत सकिएको कुरा गायिका शाहले जानकारी गराएकी छिन । 

उक्त एल्बम ढल्की ढल्की नाचौकी को बिक्रि बाट आएको आम्दानीको २० प्रतिशत सुनकोशीका पहिरो पिडितलाई आर्थिक सहयोग दिने समेत गायिका शाहले घोषणा गरेकी छन । विगत १८ महिना अगाडी रोजगारको शिलशिलामा कतारको एक प्रतिष्ठित होटलमा वइटरको काम गर्दै आएकी इन्दीराले आफुलाई कतारमा रहेका नेपालीहरु माझ छोटो समयमा आफुलाई परिचित बनाउन सफल भइन । नेपालमा थुप्रै दोहोरी प्रतियोगीताहरुमा पुरस्कारहरु हात पारेकी उनी कतारमा तमु समाजको आयोजनामा भएको लोक दोहोरी प्रतियोगितामा उत्कृष्ट समुह २०१३ को उपाधी समेत हात पारेकी छिन ।

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment