प्रेम सुनार
गुल्मी, भाद्र– ३ । सूचनाको हक पहुँचवालाले मात्र हैन सर्बसाधारणले उपयोग गर्न सक्ने बनाउनुपर्ने भन्दै यसका लागि पहल गर्ने सरोकारवालाहरुले सामुहिक प्रतिवद्धता व्यक्त गरेका छन् । गुल्मीका सरकारी कार्यालय, राजनीतिक दल तथा अन्य संघ संस्थाहरुले सूचनाको हकको प्रभावकारी कार्यान्वयन गरी जनतालाई सूसूचित बनाउनुका साथै सार्वजनिक निकायका काम कार्वाही खुल्ला र पारदर्शी बनाउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
आठौ राष्ट्रिय सूचना अधिकार दिवसको अवसरमा राष्ट्रिय सूचना आयोगको सहयोग तथा सूचनाको अधिकारका लागि नागरीक अभियान, काठमाण्डौ र सेवा सञ्चार गुल्मीले आयोजना गरेको सूचनाको हक सम्बन्धि ऐन कार्यान्वयनको ७ वर्ष एक समिक्षा कार्यक्रममा सरोकारवालाहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
सहायक प्रमुख जिल्ला अधिकारी गौरव पन्थीले सर्वसाधारणहरु सूचना लिनका लागि आउने प्रचलन नभएकोले अव जनता पनि आफूलाई आवस्यक पर्ने सूचना लिई सेवा सुविधा प्रभावकारी रुपमा लिन सक्ने बनाउन कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । उहाँले  जिल्लाका सबै कार्यालयमा सूचना अधिकृत तोकेर नियमित बैठक बसी छलफल गर्ने कार्यक्रम भएपनि अन्य सार्वजनिक निकायले त्यसो नगरेको भए समिक्षा गरेर सबैमा त्यो प्रकृया शुरु गरीने प्रतिवद्धता जनाउनुभयो । तर सरकारी कार्यालयले जनतासम्म सूचना पु¥याउन नसकेको उहाँले बताउनुभयो । ‘कार्यालय बार्षिक बजेट सार्वजनिक ग¥र्यो भने ५० प्रतिशत भ्रष्टाचार कम हुन्छ, – उहाँले भन्नुभयो – तर त्यसको कार्यान्वयन प्रभावकारी छैन, यसका लागि सबै लाग्नुपर्छ ।’
निमित्त स्थानीय विकास अधिकारी शंकर प्रसाद गौतमले जनताले आफूलाई आवस्यक पर्ने सूचना कहाँबाट लिने भन्ने जानकारी नहुँदा आफैले दुःख भोगेकोले त्यो समस्या समाधानका लागि जनतासम्म यसको जानकारी पु¥याउनुपर्ने बताउनुभयो । ‘सुचना अधिकृतलाई भन्दा पहिले स्थानिय विकास अधिकारी संग जनताले सुचना माग्छन् ।’ – उहाँले भन्नुभयो – ‘त्यो कानुनी प्रक्रिया मिलाएर हैन, यत्तिकै, सिधै, त्यसैले समयमै आधिकारीक सूचना नपाएपछि दुःख पाउँछन् ।’ उहाँले अहिले सम्म सुचनाको हक प्रयोग गरेर जनताले सुचना नमागेको पनि बताउनुभयो । उहाँले कतिपय कुराहरु आर्थिक संग सम्वन्धीत हुने भएकोले लेखा शाखाले सूचना अधिकृतहरुलाई समेत नदिने गरेको बताउनुभयो ।
नेपाल नागरिक समाजका अध्यक्ष गुणानिधी शर्माले कानुनअनुसार सबै सार्जजनिक निकायले जनताले नमागेपनि सूचना उपलब्ध गराउनुपर्ने बताउनुभयो । ‘पत्रकारले मात्र यो अधिकारको प्रयोग गर्नुपर्दछ भन्ने छैन, यदी नागरिकले सुचना नमागेपनि सार्वजनिक निकायले कानुन बनाएर आफै दिनु पर्ने हो ।’ उहाँले भन्नुभयो – ‘जिल्लामा अहिले सार्वजनिक भईरहेका विषयबस्तुको बारेमा सुचना अधिकृतले बुझेर स्पष्ट पार्नुपर्ने हो ।’
एमाले प्रचार विभाग प्रमुख शेषकान्त गौतमले सुचनाको हकलाई आम नागरिकले प्रयोग गर्न सक्ने गरी चेतना अभिबृद्धी गराउनुपर्ने भएकोले आगामी बर्षमा यो कार्यक्रम गाउँ गाउँमा पु¥याउनुपर्ने बताउनुभयो । काँग्रेस नेतृ विष्णु सापकोटा, राप्रपाका भरत चन्दले सूचनाको दुरुपयोग गर्ने प्रवृद्धि अन्त्य गर्न पनि आधिकारीक निकायबाट सूचना दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा एनेकपा माओवादीका बुद्धि जिसी, गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डे, पत्रकार महासंघका अध्यक्ष नवराज भुसाल, गैसस महासंघका सचिव रेशम कुँवर, लगायतले धारणा राख्नुभएको थियो ।
कार्यक्रम सेवा सञ्चार गुल्मीका कार्यबाहक अध्यक्ष गगनशिला खड्काको अध्यक्षतामा सम्पन्न भएको  थियो ।


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment