तम्घासमा फोटोग्राफर दिवस मनाईयो


  प्रेम सुनार
गुल्मी, भदौं–३ ।   गुल्मी सदरमुकाम तम्घासका फोटोग्राफरहरुले १७४ औं अन्तराष्ट्रिय फोटोग्राफर दिवस विविध कार्यक्रम गरेर मनाएका छन् ।  सदरमुकामका झण्डै तिन दर्जन भन्दा बढि फोटो व्यवसायीहरुले  तम्घास बजारमा मोटर साईकल ¥याली निकालेका थिए । तम्घासका विभिन्न स्थान हुँदै ¥याली लाँकुरी मञ्मा आएर कोण सभामा परिणत भएको थियो ।
   लगत्तै गुल्मी उद्योग बाणिज्य संघको सभाहलमा अन्रकृया कार्यक्रम समेत गरिएको थियो । फोटोग्राफर संघ गुल्मीका अध्यक्ष नन्दराम पाण्डेका अनुसार वलेटक्सार, रिडी , वामी लगायत जिल्लाका विभिन्न स्थानमा पनि फोटोग्राफर दिवस मनाईएको छ । जिल्लामा निकै चर्चा पाएको पाण्डे फोटो स्टुडियोका सञ्चालक  रहेका अध्यक्ष पाण्डेले आफ्नो ४० औं वर्ष पुरानो अनुभव सुनौदै भने–‘ उति वेला यो २० रुपैयाँ पर्ने रिलवाला क्याम्राबाट तम्घासमा फोटो व्यवसाय सुरु गरेको हुँ, अहिले डिजिटल क्यामराको दुनियाँमा आई पुग्दा खुशी छु । ’ उनका अनुसार जिल्लामा पहिलो व्यवसायीक फोटोग्राफर तम्घास पुरानो वजारका पुष्कर ज्वाराचन हुन् ।  हाल उनि काठमाण्डौमा रहेका छन् । उनि पछि उनै पाण्डे र रिडी स्थित भुवन फोटो स्टुडियोका भुवन श्रेष्ठ जिल्लाका पुराना फोटोग्राफर हुन् ।
  त्यसै फोटो व्यवसाय गर्दा गर्दै युवा पिढिमा कहलाएका चन्द्रमणी पाण्डे यसै वर्ष अमेरिका पुगेका छन् । तम्घासको लाँकुरी मञ्चमा मोडल फोटो स्टुडियो सञ्चालन गरेका उपल्लो तम्घास निवासी उनि डिभी परेर अमेरिका पुगेका हुन् ।  दिवस मनाउने क्रममा उनलाई फोटोग्राफर साथीहरुले सम्झेका थिए ।


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment