अनिल खत्री
गुल्मी ४
भदौ जिल्ला शिक्षा कार्यालयमा भईरहेको तनाबको बिषयमा कांग्रेस
निकटका भातृ संगठनहरु नेपाल तरुण दल र नेपाल
बिद्यार्थी संघले पनि ध्यानआकर्षण
भएको बताएका छन् । आज विज्ञप्ती सहित
प्रमुख जिल्ला अधिकारी कमलराज ढकाललाई भेट्न
गएका नेपाल बिद्यार्थी संघ र नेपाल तरुण
दलका पदाधीकारीहरुले
जिल्ला शिक्षा कार्यालयमा उत्पन्न
तनाबमा आफूहरुको गम्भीर ध्यानआकर्षण
भएको बताएका छन् । शिक्षक
पदस्थापनाको सन्दर्भमा पाँच
शिक्षकहरुको सरुवा र
नयाँ शिक्षकहरुको पदस्थापनामा एमाले समूहले
गरेको आन्लोलन प्रति नेपाल बिद्यार्थी संघ र
तरुण दलले ध्यानआकर्षण भएको जनाएका हुन् ।
उनीहरुले
जिल्ला शिक्षा कार्यालयमा भएका सम्पूर्ण
निर्णहरु जिल्ला शिक्षा समिति र पेशागत
समूहका पदाधीकारीहरुको उपस्थितीमा भईरहेको बेला जिल्ला शिक्षा अधिकारीलाई
तथ्यहीन आरोप लगाईएकोमा उनीहरुले
ध्यानआकर्षण भएको जनाएका हुन् ।
‘आाधारबिनानै जिल्ला शिक्षा अधिकारीको चरित्र
हत्या भईरहँदा समेत प्रमुख
जिल्ला अधिकारी बेखबर भईरहँदा हामीहरुलाई
रहस्यमय लागेको छ । आर्थिक लेनदेन गरेको भन्ने
सन्दर्भ आफैमा औचित्यहीन र षड्यन्त्रमुलक छ
।’ तरुण दलका अध्यक्ष खिलध्वज पन्थी र
नेबिसंघका सभापति सुदर्शन खनालले हस्ताक्षर
गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । साथै
उनीहरुले तथ्यहीन तरिकाले स्थानीय सञ्चार
माध्ययममा आएका समाचारहरुको बारेमा पनि जानरकार
रहन समेत प्रमुख जिल्ला अधिकारीलाई अनुरोध
गरेका छन् । साथै उनीहरुले भ्रष्ट्राचारको आरोप
प्रमाणीत भएमा तत्कालीन
जिल्ला शिक्षा अधिकारी दिनेशकुमार श्रेष्ठ र
नभएमा आन्दोलनकारीहरुलाई कारबाही गर्न
उनीहरुले माग गरेका छन् । अन्यथा जस्तो सुकै
आन्दोलन गर्ने समेत उनीहरुले धम्की दिएका छन् ।
यसरी विज्ञप्तीको जुहारी चलिरहँदा जिल्ला शिक्षा कार्यालयमा भईरहेको आन्दोलनको बिषयले
राजनीतिक रुप लिएको छ । एमाले निकटको समूहले
सुरु गरेको आन्दोलनले अन्तत राजनीतिक रुप
लिएको हो । एमाले निकटले
जिल्ला शिक्षा अधिकारीले आर्थिक चलखेल
गरेको गम्भीर आरोप लगाएको छ भने कांग्रेस
निकटले त्यो बिषयलाई पुष्टि गर्न
चुनौती दिएको छ । कांग्रेस निकटको समूहले
जिल्ला शिक्षा अधिकारी श्रेष्ठलार्इं संरक्षण
गर्दै तथ्यहीन आरोपलाई पुष्टि गर्न
चुनौती दिएको हो ।
यो बिषयमा सुरुमा एमाले निकटले
जिल्ला शिक्षा अधिकारी माथी भ्रष्ट्राचार सहित
शिक्षा ऐन तथा नियमावली विपरित
त्रुटी गरेको भन्दै
जिल्ला शिक्षा कार्यालयमा आन्दोलन सुरु
गरेको थियो । आन्दोलनको केहि दिन पछि प्रमुख
जिल्ला अधिकारीलाई ज्ञापन पत्र
बुझाएको थियो । आन्दोलन चलिरहेकै बेला एकिकृत
माओबादीले तटस्थ रहँदै
नयाँ शिक्षकहरुको पदस्थापना छिटो गर्नुपर्ने
बिषयमा ध्यानआकर्षण भएको जनाउँदै
बिज्ञप्ती प्रकाशन गरेको थियो ।
त्यसपछि कांग्रेस निकटका पेशागत
समूहका कर्मचारीहरुले
जिल्ला शिक्षा अधिकारीलाई लगाईएको आरोप
पुष्टि गर्न चुनौती दिँदै विभिन्न सञ्चार
माध्यममा आएका समाचारको खण्डन समेत
गरेको थियो । फेरी आज नेविसंघ र तरुण दलले
पनि आफूहरुको ध्यानआकर्षण भएको जनाएको हो
0 comments:
Post a Comment