८ भदौ, काठमाडौं । यो साता सुनको भाउ घटेको छ । प्रतितोला १ हजार ४ सय रुपैयाँ मूल्य घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेकाले त्यसको असर नेपालमा पनि परेको महासंघले जनाएको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला ५३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आइतबार प्रतितोला ५४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
साप्ताहिक तथ्यांक अनुसार यो हप्ता नियमित रुपमा सुनको मूल्य घट्दै आएको छ । सोमबार प्रतितोला ५४ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन, मंगलबार ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै बुधबार प्रतितोला ५४ हजार रुपैयाँमा कारोबार भएको र बिहीबार पनि भाउ घटेर ५३ हजार ६ सय रुपैयाँ भएको महासंघले जनाएको छ ।
चाँदीको भाउ भने यो हप्ता स्थिर रहेको छ । चाँदी प्रतितोला ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
0 comments:
Post a Comment