विश्व दर्शन अभियानका पत्रकारद्धय लाई ससम्मान विदाई ( फोटो फिचर )

विश्व दर्शन अभियानका पत्रकारद्धय लाई ससम्मान विदाई 


बाबुराम थापा , नई दिल्ली भारत ।-
 यहि श्रावण ६ गते भारत भम्रण अभियान सिद्धाए पछि भारतको नयाँ दिल्ली देखि आफ्नो यात्रा अभियानलमा अर्को राष्ट्रतर्फ प्रस्थान गर्न लाग्नुभएका युवा पत्रकारद्धय नारायण ,नवराज भट्टराई लाई भारत स्थित क्रृयशिल सामाजिक संस्था हाम्रो स्वाभिमान ट्रष्टले एक समारोहको आयोजना गरी ससम्मान विदाई गरेको छ । उक्त समारोहका प्रमुख अतिथि नेपाली दुतवासका राजनितिक काउन्सलर तिर्थराज वाग्ले हुनुहुन्थ्यो भने अथितिहरुमा दुतवासका सांस्कृतिक काउन्सलर अर्जुन राज पन्त , काउन्सलर भवराज जोशी , आई एम ई ग्लोवल बैक दिल्लीका प्रमुख प्रतिनिधि दिपेन्द्र ढकाल, प्रवासी नेपाली संघ भारत दिल्ली राज्यसमिति सचिव विमल राज पौडेल, नेपाली जनसम्पर्क समित भारत तथा एभरेष्ट चैम्बर अफ कोर्मसका प्रमोद खरेल, नेपाली पशुपति मंदिर साहदरा दिल्ली का ब्यावस्थापक सचिव लालमणि भण्डारी, गोरखा जनमुक्ति मोर्चाका प्रतिनिधिहरु, प्रवासी नेपाली मित्रमन्च लगायतका संस्थाका पद्याधिकारीहरु, पत्रकारहरुमा नेपाल वान टेलिभिजनका रुबेन गुरुङ, नेपाल आवाज दैनिकका सहसम्पादक गोविन्द्र पोख्रेल, नेपाल आवाज तथा हाम्रोगुल्मी न्युज डटकमका संयोजक बावुराम थापा, गणेश विक लगायतका पत्रकारहरु र भारतीय नेपाली र प्रवासी नेपालीहरुको उपस्थिति रहेको थियो । उक्त समारोहमा भम्रण अभियानका पत्रकारद्धय द्धारा निर्मित नेपालका ७५ जिल्ला भम्रण को वृत्तचित्र प्रस्तुत गर्नुका साथै भारतभम्रण अभियानको प्रतिवेदन प्रस्तुत गरिएको थियो । उक्त समारोहमा प्रस्तुत प्रतिवेदनको समिक्षा गरी उपस्थित अतिथि वक्ताहरु द्धारा पत्रकारद्धयहरु को विश्वशान्ति, भाईचारा , स्वतन्त्र पत्रकारीता, मानवअधिकार को सन्देश लिई नेपाल राष्ट्रलाई विश्वभर चिनाउने अभियानको प्रसंसागर्दै आवश्यक सहयोग , सुझाव दिदै सो साहसिक कार्यलाई निर्भिकताका साथ अगाडी बढाउन आग्रह गर्दै शुभकामना दिएका थिए । सो समारोहमा प्रस्तुत प्रतिवेदन ले हरेक जिम्मेवार नेपाली र सरोकारहरु लाई थुप्रै अनुत्तरित प्रश्नहरु तेर्साएको छ । इतिहासको विभिन्न कालखण्डहरुमा मानव जाति र विश्वसमुदायको लागी नेपाली जनताले दिएको त्याग र बलिदानी अतुलनिय रहेको देखिन्छ । प्रथम विश्वयुद्धमा ज्यानको आहुति दिने नेपाली, दोस्रो विश्वयुद्धमा लड्ने नेपाली , भारतिय स्वतन्त्र संग्राममा निर्णायक लडाई लड्ने नेपाली, भारतको तर्फबाट चिन विरुद्धको युद्धमा नेपाली , पाकिस्तानको विरुद्धमा कारगिल युद्धमा लड्ने रगत बगाउने, ज्यान गुमाउने नेपाली , ब्रिटिस मुलुकको रक्षा र उसले फैलाएको साम्राज्यवादी हिंसामा नेपाली , विश्वशान्तिमा अग्रसर हुने शान्तिसेनामा नेपाली , भारतिय संसदभवनको अति संवेदनसिल सुरक्षा घेरामा नेपाली , नासाको साईबर सुरक्षामा कार्यरत नेपाली , सुचना प्रविधि विकाश सिम्लिफाई ३६० निमार्णमा नेपाली , संयुक्त राष्ट्रसंघमा मानव सम्साधन र गरिवी उनमुलन सम्बन्धी निति निर्माणमा नेपाली , अर्काको लागी मरिमिट्ने , कहिल्यै नझुक्ने विर नेपाली आज आफ्नो राष्ट्रको बेथितिमा किन मौन छन् ? देशको सिमा मिचिदा , जलबेचिदा , श्रमबेचिदा किन मौन छन् ? १९५० र त्यस पछि का असमान सन्धि र नेपालीहरुका हक र अधिकार को लागी किन मौन छन् ? गणतन्त्र घोषणको ७ वर्ष वित्नलाग्दा र संविधान निर्माण नहुदा किन मौन छन् ? यी आदि । दुई युवा पत्रकार ले भम्रणको क्रममा भेटेका नेपाली भाषी पहिचानको लागी आतुर रहेको पाए । पुर्खा न माटो चिनाए नभाषा र सस्कृति , पुर्खाहरु विभिन्न कालखण्डमा लडें अनि मरे सन्तान लाई त्यही अलपत्र छाडें । विभिन्न मुलुकका स्वतन्त्र संग्राममा लड्दा कोही माटो देखि बाडिएर आए, कोही देशैबाट विछोडिए । ति पुर्वजका सन्तानहरु संसारका कुना कुनामा विशेषगरी भारतका विभिन्न राज्य, भुटान, म्यानमार र तिब्वत लगायतका मुलुकमा बसोवास गर्दै आएका छन् । कोही भारतीय नेपाली बने , कोही प्रवासी नेपाली तर मन त नेपाली । तर पनि स्वतन्त्ररुपले निभर्य वातारवरणमा बाच्न भने कठिन भएको देखिन्छ । आजपनि आफ्नो भुमि, आफ्नो अस्तित्व, भाषा, संस्किृति र पहिचानको लागी संघर्ष गर्दै आएका छन् । उनिहरु आत्तुर छन् न्याय र अधिकार को लागी । रोजगार, अध्ययन, ब्यावसायको सिलसिलामा भारतका कुना कुनामा छरिएर बस्दै आएका नेपालीहरुको अवस्था कुनैको उत्साहजनक प्रगति रहेको , कसैको प्रेरणदायक रहेको र कुनैको चिन्ताजनक रहेको पाईन्छ । यी यस्तै समास्या र सम्भावनालाई प्रत्यक्ष अवलोकन गर्दै निर्भिक कलमजीवी पत्रकारद्धय ले यात्राको क्रममा खोजमुलक रिर्पोटद्धारा तैयारपारेको विश्वदर्शन अभियानको भारतभ्रमण को प्रतिवेदन यसप्रकार रहेको छ । ‘चिनौँ आफूलाई, बुझौँ आ–आफ्ना राष्ट्रलाई र जगाऔँ विश्वलाई’ भन्ने नाराका साथ शान्ति, स्वतन्त्रता, मानवता एवं विश्वबन्धुत्वको भावना अभिबृद्धि गर्ने उद्देश्यसहित सुरु गरिएको विश्व दर्शन अभियान अन्र्तगत २०७० श्रावण ७ देखि २०७१ श्रावण ६ ९जुलाई २२, २०१३ देखि जुलाई २२, २०१४० सम्म १ वर्षभित्र भारतका २८ राज्य, ३ केन्द्र शासित प्रदेश, भूटान र म्यानमार यात्रा गरेर नेपाली भाषा, संस्कृति, साहित्य एवं रहनसहनका विषयमा तयार पारिएको भारत, भूटान र म्यानमारमा नेपालीको अवस्थाः संक्षिप्त अनुभव प्रतिवेदन १। सिक्किमः भारत दर्शनको पहिलो राज्य सिक्किम । जहाँ मुख्यमन्त्री पवन चाम्लिङ नेपालीभाषी हुनुहुन्छ । राज्य भाषा नै नेपाली छ । दैनिक ६ समाचारपत्र, अन्य साप्ताहिक, मासिक, त्रैमासिक पत्रपत्रिका पनि नेपाली भाषामा प्रकाशित हुन्छन् । यहाँका स्कूल, कलेजमा पनि नेपाली पढाई हुन्छ । गेजिङ्मा आदिकवि भानुभक्त आचार्यको ठूलो शालिक बनाउन भारत सरकारबाट प्रदान गरिने पद्मश्री सम्मानबाट विभुषित साहित्यकार केदार गुरुङको मुख्य भूमिका छ । २। असमः असमका प्रायः सबै जिल्लामा भारतीय नेपालीको बसोबास छ । नेपाल वा अन्य ठाउँमा लुप्त हुँदै गएका नेपाली संस्कार र संस्कृति यहाँ अझै पनि जिवित छन् । उरियामघाटका युवाहरुले तिहारमा देउसीभैलो खेलेर जम्मा भएको पैसा क्षणिक मनोरञ्जनमा उडाउँदैनन्, नेपाली भाषा, साहित्यको जगेर्ना गर्ने उद्देश्यले लेखकहरुका पुस्तक तथा संघसंस्थाका स्मारिका प्रकाशित गरेर सबैलाई रचनात्मक सन्देश प्रवाह गर्दा रहेछन् । असम नेपाली साहित्य सभा, असम गोर्खा सम्मेलन र अखिल असम गोर्खा छात्र संघ ९आग्सु० नेपाली भाषाको विकास एवं नेपाली जातिको हक, अधिकारका लागि क्रियाशील छन् । पूर्वोत्तर राज्यका नेपाली लेखक, साहित्यकार एवं सबैलाई वैचारिक चेतना प्रवाह गर्ने मासिक पत्रिका सपरिवार र यसका सम्पादक रोहित गौतमको भूमिका उल्लेखनीय छ । नेपाली भाषामै दैनिक समाचार पत्र हाम्रो प्रजाशक्ति सिक्किम र तेजपुरबाट एकैसाथ प्रकाशित हुन्छ । अन्य साप्ताहिक, मासिक पत्रिका र स्मारिकाहरु पनि नेपाली भाषामा प्रकाशित हुन्छन्। अमम नेपाली साहित्य सभाका सभापति डम्बर दाहाल माग गर्नुहुन्छ, नेपाली शब्दकोषमा नेपाली शब्दको अर्थ नेपालका नागरिक मात्र भनेर लेखिएको छ त्यसमा हामी भारतीय नेपालीहरुको मन दुःखेको छ, यसलाई सच्याएर संसारको जुनसुकै कुनामा बसेर नेपाली भाषा बोल्ने र संस्कृति, साहित्य अपनाउने नेपाली मूललाई पनि समेट्नु पर्छ । असममा हप्ता, १० दिन रहन सकिएला कि भन्ने लागेको थियो । तर यहाँको अतिथि परायण संस्कृति, नेपालीहरुको हार्दिकता र प्रेम पाएका कारण थाहै नपाई डेढ महिना बितेछ । राम्रो सँगै नराम्रो भएर पूर्णता हुन्छ भनेझैं दुःखद अनुभव पनि यस राज्यको सापेखाटी ९शिवसागर० र तेजपुर चाँदमारी ९शोणितपुर० बाट पाइएको छ । गोलाघाट जिल्लाका एक नेपाली दाजुले असम गोर्खा सम्मेलनको जिल्ला अधिवेशनका संयोजकलाई फोन गरेर सापेखाटी पठाउनुभयो । त्यहाँ नेपाली गीत, संगीत, संस्कृतिका झाँकी राम्रोसँग देख्दा मन खुशी भएको थियो । पछि संयोजकले यहाँ तपाईंहरुलाई नेपालबाट आएको भनेर चिनाउँदा हामीलाई अप्ठेरो हुन्छ, त्यसैले दार्जिलिङबाट विश्व दर्शनमा हिँड्नुभएको गोर्खाली भनेर कार्यक्रममा सम्बद्र्धना गर्छौं, हुन्छ रु भनेर सोध्नुभयो । कस्तो गलत प्रस्ताव राख्नुभयो उहाँले हामी त छांगाबाट खसेझैं भयौं । तत्काल इन्कार्दै भन्यौं– हामी गलत परिचय दिएर सम्मान चाहँदैनौं, किनकी हामी नेपालका नागरिक हौं । आफ्नी आमा र जन्मभूमि जतिसुकै गरिब, दुःखी, रोगी भएपनि हामीलाई त स्वर्गभन्दा पनि महान् र प्रिय लाग्छिन् । हाम्रो त नेपालकै लागि मर्ने बाँच्ने कसम छ । तेजपुरको चाँदमारीमा हरिहर मन्दिरका केही पदाधिकारीहरुद्वारा राती बास बस्ने विषयमा हामी प्रति गरिएको व्यवहार र त्यसको भोलिपल्ट एक व्यक्तिले ‘नेपाललाई अंग्रेजकै पालामा भारत तिरै मिसाउनु प¥थ्र्यो’ भन्दै गरेको सार्वभौम राष्ट्र नेपालको स्वाभिमानविरोधी टिप्पणी पनि अर्को दुःखद क्षण बनेको छ । ३। मेघालयः बेलाबखत् खासी र नेपालीबीच हुने तनावले भारतीय नेपालीहरुलाई यस राज्यमा निर्बिघ्नातापूर्वक बस्ने वातावरणको कमी पाइयो । कोईलाखानीमा काम गर्ने नेपाली मजदूरहरुको जोखिम देख्दा आङ् जिरिङ्ग भयो । यद्यपि केही समयका लागि कोईलाखानीको काम बन्द भएको खबर पाइएको छ । ८ कक्षा पढेर पल्टनमा जागिर खानुभएका साहित्यकार विक्रमवीर थापाले ‘बीसौं शताब्दीकी मोनालिसा’ नामक पुस्तक लेखेर भारतको चर्चित साहित्य अकादमी पुरस्कार पाइसक्नुभएको छ भने वहाँको चित्रकला पनि बेजोड छ । उहाँले काठमाडौंमा रहेको पशुपतिनाथ मन्दिरको निकै राम्रो तैलचित्र बनाएर घरको भित्तामा सजाउनुभएको ेछ । ४। त्रिपुराः यस राज्यमा भारतीय नेपालीहरुको संख्या पूर्वोत्तरका अरु राज्यहरु भन्दा कम छ । राजधानी अगरतलामा गोर्खा बस्तीमा बस्ने उनीहरुले सामूहिकरुपमा दूर्गा मन्दिर बनाएका छन् । आफ्नो इतिहास लेख्ने मान्छेको अभाव रहेको उनीहरुको भनाई छ । अप्ठ्यारो तरिकाले उनीहरु नेपाली भाषा बोल्छन् । ५। मिजोरमः थोरै संख्यामा भएपनि यहाँ बस्ने भारतीय नेपालीहरुको एकता सुन्दर छ । लोकसेवा आयोगका सचिव तामलाल लोहार, शिक्षक निर्मल पुन, मिजो र नेपालीहरुबीच सम्बन्ध सुमधुर बनाउन भूमिका खेल्ने गायक एवं साहित्यकार गुनु घर्ती, साहित्यकार लक्ष्मी मिनु, पूर्णप्रसाद, इञ्जिनियर अनुप क्षेत्री आदि नेपालीभाषीका गौरव हुन् । ६। मणिपुरः यहाँ बस्ने नेपालीभाषीहरुको संख्या बृहत् छ । यहाँको भाषा, संस्कृति, साहित्य पूर्वी नेपालसँग मिल्दोजुल्दो छ । सानो राज्यमा ३६ वटा भूमिगत संगठनहरु भएकाले यहाँ बस्ने नेपालीहरु पनि उनीहरुबाट बेलाबखत प्रताडित छन् । साहित्यकार भवानी अधिकारीका अनुसार त्यहाँको राज्य सरकारले विद्याथीहरुलाई आफ्नो मातृभाषाको विषय अनिवार्य पढ्नुपर्ने नियम बनाएका कारण नेपाली भाषाप्रेमीहरु खुशी भएका छन् । ७। नागाल्याण्डः यस राज्यमा स्थायी बसोबास गर्ने नेपालीभाषीहरु भन्दा रोजगारीका लागि गएका नेपालीहरुको संख्या बढी रहेको बताइन्छ । राजधानी कोहिमामा गोर्खा सिंहदेवी मन्दिर पनि छ । ८। अरुणाचल प्रदेशः यस राज्यका विभिन्न भागमा नेपालीहरु बसेका छन् । रोजगारीको अलावा पशुपालन गरेर बसेकाहरु पनि भेटिए । ९। पश्चिम बंगालः यस राज्यको दार्जिलिङ, कालेबुङ, खरसाङ, डुबर्स र सिलगढी लगायतका ठाउँमा नेपालीभाषीको ठूलो संख्या छ । यी ठाउँहरु नेपाली भाषा, साहित्य, संस्कृति विकासका केन्द्रहरु हुन् । सिलगुढीबाट २ समाचार पत्र दैनिक र मासिक, साहित्यिक पत्रिकाहरु पनि प्रकाशित भइरहेका छन् । सुधपा ९सुर्यविक्रम ज्ञवाली, धरणीधर कोईराला र पारसमणि प्रधान० पछि जिवित साहित्यकारमा वरिष्ठ साहित्यकार ईन्द्रबहादुर राईको नाम अग्रपंक्तिमा छ । दार्जिलिङको चौरस्तामा आदिकवि भानुभक्त आचार्य र सिलगुढीमा साहित्यकार पारिजातको ठूलो शालिक देख्न पाइयो । आफ्नो पहिचान र अस्तित्वका रक्षाका लागि गोर्खाल्याण्ड चाहिएको उनीहरुको भनाई छ । यता कलकत्ताका प्रवासी नेपाली उद्योगीहरुमा भीमबहादुर श्रेष्ठ, चन्द्रबहादुर श्रेष्ठ, खिमराज बराल र युवा व्यवसायी विनोद हुमागाईं उल्लेखनीय नाम हुन् । यहाँ नेपाली महावाणिज्य दूतावास पनि रहेको छ। सलुवामा पल्टनमा कार्यरत नेपालीहरुले आफ्नो भाषा, संस्कृति, साहित्यको रक्षा र विकास गर्न साहित्यकार अगमसिंह गिरीको नाममा साहित्य प्रतिष्ठान स्थापना गरी अघि बढेका छन् । १०। झारखंडः जमशेदपुरको टाटा स्टिलमा काम गर्ने नेपालीहरु मिलेर बनाइएको संस्था नेपाली सेवा समितिले पशुपतिनाथ मन्दिर, हल र धर्मशाला बनाएको छ । नेपाली भाषा बोल्न यहाँका नेपालीहरुलाई स्पष्टसँग आउँदैन । त्यसकारण उनीहरु नेपाली कार्यक्रम गर्दा पनि हिन्दीमै निर्भर छन् । यद्यपि नेपाली भाषा बोल्न सिकिरहेको समितिका महासचिव सुखदेव गुरुङ बताउनुहुन्छ । राजधानी राँचीको नेपाल हाउस चोकमा झारखण्ड गोर्खा संगठनले गोर्खा शहीदको नाममा शहीद स्मृत्ति स्तम्भ बनाएको छ । पद्म शमशेर राणाको घरमा अहिले सरकारी कार्यालय सञ्चालित छ । ११। ओडिशाः र्झासुगडामा ओडिशा विशेष सशस्त्र प्रहरी ९ओस्याप० बलमा कार्यरत नेपालीले दूर्गा मन्दिर बनाएका छन् । जगन्नाथ पुरीको पश्चिम ढोकामा नेपाल भवन छ । त्यहाँ श्री ५ को सरकार लेखिएको र पूर्व राजा रानीका तस्वीर सजाइएको छ । यसमा लालमोहोरिया असमी पण्डा बस्छन् । भुवनेश्वर र पुरीका होटलमा काम गर्ने नेपालीहरु केही मात्रामा देख्न पाइयो । १२। छत्तिसगढः भिलाईनगरको कातुलबोर्डमा पशुपतिनाथ मन्दिर छ । यो मन्दिर छत्तिसगढ सशस्त्र पुलिस बलमा काम गर्ने नेपालीहरुले बनाएका रहेछन् । अवकाश प्राप्त फौजीका परिवारको बस्ती नै छ । यहाँका अधिकांश नेपाली हिन्दीमै बोल्छन् । नेपाली बोले पनि पर्याप्त हिन्दी शब्दको प्रयोग गर्दछन् । १३। आन्ध्रप्रदेशः यस राज्यमा भारतीय नेपालीहरु भेटिएनन् । प्रवासी नेपालीहरु विभिन्न रोजगारी गरेर बसेका छन् । १४। तमिलनाडूः यस राज्यमा राजधानी चेन्नईदेखि कन्याकुमारीसम्म नै काम गरेर बसेका नेपालीहरु भेटिन्छन् । मूलप्रवाह अखिल भारत नेपाली एकता समाजका पदाधिकारीहरुले नेपालीहरुलाई कुनै पनि अप्ठ्यारो पर्दा आफ्नो संगठनले सहयोग गरिरहेको बताए । रामेश्वरम्मा जगदम्बा नेपाली धर्मशाला जीर्ण छ । १५। केरलाः अरु राज्यमा भन्दा यहाँ कम नेपालीसँग भेट भयो । खाना खाने समयमा एक नेपालीले कालडीमा रक्सी पिएर टन्न भएको अवस्थामा आउने ठूटे अंग्रेजी बोलेर मेरा साथीहरु भन्दै अरुसमक्ष परिचय गराउँदा लज्जितै भइयो । त्रिवेन्द्रम रेलस्टेशनमा लिन आउँछु भन्ने एक नेपालीले पनि धोका दिए । १६। कर्णाटकः पर्यटकीय नगरी मैसूरको भारतीय भाषा संस्थानमा भारतीय नेपालीहरु काम गर्छन् । राजधानी बैङलौरमा प्यूठान नेपालमा जन्मनुभएका उद्योगी खिमबहादुर गिरीले तामाका सामग्री बनाउने आफ्नै कारखाना राम्रोसँग चलाएर त्यहाँका मुख्यमन्त्रीबाट समेत सम्मानित हुनुभएको रहेछ । औपचारिक शिक्षा आर्जन गर्न नपाउनुभएका वहाँले चौकीदारीदेखि उद्योगी बन्दा सम्मका संघर्षका कहानी सुनाउनु हुँदा अचम्म त लाग्यो नै, शिक्षाभन्दा ठूलो सिर्जनशीलता हुन्छ भन्ने भनाई पनि प्रमाणित भएको देख्न पाउँदा प्रेरित भइयो । बैङलौर र मैङलौरमा पढ्न नेपाल र भारतका विभिन्न कुनादेखि विद्यार्थीहरु पुगेका छन् । नोकरीको सिलसिलामा आएका नेपालीहरुको संख्या पनि उल्लेखनीय नै देखिन्छ । १७। गोवाः पर्वत, नेपालमा जन्मनुभएका विश्वरुप ग्रुपका सञ्चालक एन।बी। क्षेत्री मिलनसार, सहयोगी, सफल र उदाहरणीय नाम हो । तर, अब हामी बीच वहाँको भौतिक शरीर रहेन । जीवित रहँदै हामीले वहाँको संघर्षका बारे लेखेको सामग्री असमबाट प्रकाशित सपरिवार मासिकले छापेको थियो । वहाँको आत्माको चीर शान्तिको कामना । यहाँ जति प्रगति गरेपनि आफ्नो देशमा हुँदाको जस्तो आनन्द नहुँदो रहेछ, कहिलेकाहीं त छोडेर जाउँ कि जस्तो पनि लाग्छ फेरि छोराछोरीको भविष्य सम्झेर मन बुझाउँदै बसेका छौं भनेर आफ्नै होटल सञ्चालन र अरुकोमा नोकरी गरेर बसेका नेपालीहरुले भनेको यो भनाईले मुटु चस्केर आउँछ । १८। महाराष्ट्रः भारतमा सबभन्दा बढी प्रवासी नेपाली बसेको राज्य हो, महाराष्ट्र र यसको राजधानी मुम्बई । जहाँबाट नेपाल दर्पण र नेपाल न्यूज नामक २ नेपाली दैनिक प्रकाशित हुन्छन् । ती दैनिक मुम्बईका अन्य भाषाका दैनिकहरुसँगै रेल स्टेशनको आसपास किनेर पढ्न पनि पाइयो । स्टार प्लसबाट प्रसारित र १५०० भाग पार गरिसकेको लोकप्रिय टेलिश्रृंखला ‘ये रिश्ता क्या केहलाता है’ का मुख्य निर्देशक राम पाण्डेयको ९स्याङ्जा, नेपाल० सफलता तमाम नेपाली युवाहरुका लागि विशेष प्रेरणा बनिरहेको देखिन्छ । त्यस्तै सुर्खेत नेपालमा जन्मनुभएका सन्तोष परियारले चिनियाँ परिकार बनाउने नम्रता रेष्टुरेण्ट चलाएर राम्रै दाम कमाउनु भएको पाइयो । मान्छेको रगत परीक्षण गरी रोग पत्ता लगाउने काम अछाम, नेपालका गंगाप्रसाद भट्टराईले आफ्नै जीवन डाइग्नोष्टिक सेन्टर मार्फत् गरिरहनुभएको छ । नवदूर्गा नेपाली महिला समूह सम्बद्ध दिदीबहिनीहरुले स्वरोजगारका रुपमा क्रिष्टल तथा रुद्राक्षका माला, पोते, चुरा बनाएर आयआर्जन पनि गरिरहेका छन् । यस्ता अरु पनि धेरै उदाहरण छन्, जसले नेपालीहरु राम्रो र ठूलो काम गर्न सक्दैनन् भन्नेहरुलाई जवाफ दिएका छन् । संस्थागतरुपमा संयुक्त नेपाली महासंघ अन्य सामाजिक संगठनको तुलनामा क्रियाशील रहेको मुम्बई बस्ने नेपालीहरु बताउँछन् । अर्कातिर नेपालीहरुको अवस्था अत्यन्त दयनीय पनि छ । केही नरपिशाचहरुले आफ्नै नेपाली चेलीबेटीहरुलाई बेचबिखन गरी मुम्बईको वेश्यालयमा पु¥याएका छन् । रोजगारीको सिलसिलामा आएका कतिपय नेपालीहरु सानो कोठामा धेरै जनाले सर्प गुजुल्टिएझै गुजिल्टिएर रात कटाइरहेको पनि देखियो । अझ बिहानदेखि बेलुकासम्म दुःख गरेर आएको पैसा उनीहरुले क्षणिक मस्तीका नाममा मादक पदार्थ सेवन गरी कुकर्ममा खर्च गर्ने परिपाटी देख्दा युवाहरु बेहोशी बैंशमा बाँचेको आभाष हुन्छ । यसबाट उनीहरुको मात्र हानी भएको छैन, सम्पूर्ण स्वाभिमानी नेपालीहरुको इज्जतमा पनि धक्का लागेको छ । १९। गुजरातः यस राज्यमा बस्ने नेपालीहरुको प्रगति उत्साहजनक छ । अहमदाबादजस्तो शहरमा स्वयं नेपालीहरु मिलेर व्यवस्थितरुपमा पशुपतिनाथ मन्दिर सञ्चालन गरिरहेका छन् । यसै पशुपतिनाथ ट्रष्टका अध्यक्ष नैनसिंह बुढाले आफ्नै स्टिल कारखाना चलाउनुभएको छ भने सल्लाहकार दूर्गा प्रसाद सिग्देलले प्लाष्टिक कारखाना । जामनगरमा श्रीकृष्ण प्रणामी सम्प्रदायका गादिपति मूलगुरु कृष्णमणी जी महाराज ९इलाम, नेपाल० हुनुहुन्छ । बडोदरा महानगरपालिकाको वडा नं ११ बाट दिलिप नेपाली भाजपाको प्रतिनिधित्व गर्दै निर्वाचित वडा सदस्य हुनुहुन्छ । स्वव्यवसाय सञ्चालन गरेर बसेका अरुहरु पनि सफल छन् । २०। मध्य प्रदेशः राजधानी भोपालमा नेपालीहरुले बनाएको आकर्षक पशुपतिनाथ मन्दिर छ । मन्दिरको परिधि पनि ठूलो छ । श्री पशुपतिनाथ नेपाली समाजका अध्यक्ष डोलराज गैरेले भोपालमा आफ्नै ४ वटा होटल चलाउनुभएको छ । साईकलमा सुप बेच्दै व्यवसायको सुरुवात् गरी अहिले सफल उद्योगीको रुपमा चर्चित वहाँलाई जान्ने सुन्ने नेपालीहरुले नेपाली अम्बानी पनि भने । इन्दौरमा पनि राम्रै आय आर्जन गरेर बसेका विभिन्न पेशा, व्यवसायका नेपालीहरु भेटिए । पिथम्पुरको प्रतिभा सिन्टेक्स प्रा।लि। मा यातायात अधिकृत वीरेन्द्र शाहीको नाम पनि एउटा सफल नाम हो । देवासमा आई।एस।ओ। मान्यता प्राप्त विजय ज्योति एकेडेमी सञ्चालन गर्ने असम, भारतका भू।पू क्याप्टेन दिलीप सिरवाल पनि उदाहरणीय व्यक्तित्व हुनुहुन्छ । ग्वालियरमा पनि फौजीबाट अवकाश पाएका भारतीय नेपाली परिवारहरुको बसोबास छ । २१। राजस्थानः माउण्ट आबुस्थित ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालयको अभियानमा पूर्वी नेपालका शिक्षित युवतीयुवाहरु समर्पित रहेछन् । कोटा, चित्तौडगढ, उदयपुर, जोधपुर र राजधानी जयपुरमा पनि नेपालीहरु कोही कामको सिलसिलामा नेपाल आउने जाने गर्दै त कोही घरबार यतै रचेर बसेका भारतीय नेपाली भेटियो । २२। हरियाणाः नेपालको ओखलढुंगा जिल्लामा जन्मनुभएका कालीदास बाबाले यस राज्यको रोहतक साँम्प्लामा ठूलो मन्दिर र आश्रम स्थापना गर्नुभएको छ । यहाँ अखण्ड हवन र पाठ गर्ने ब्राम्हणहरु नेपाली नै छन् । गुडगाँवका होटलहरुमा पनि सेफ र सहायक भएर काम गर्ने नेपालीहरु पनि प्रशस्त छन् । २३। पञ्जाबः लुधियानामा गुल्मी नेपालका लोकनाथ पाण्डेले साईकल, मोटरसाईकलका पाटपुर्जा बनाउने र डोटी, नेपालका हीरासिंह चन्द कपडामा बुट्टा हान्ने आफ्नै कारखाना चलाउनुहुन्छ । अझ रोचक कुरा, गुल्मी नेपालका रेल चालक बमबहादुर घिमिरेले लुधियानाबाट जम्मुकश्मिरको जम्मुतबीसम्म रेल हाँकेर हामीलाई लानुहुँदा भारत यात्राको एउटा विशेष स्मरणीय दिन बनेको छ । जालन्धर बस्ने तुलसी शर्माले सिजनअनुसार विभिन्न थोक व्यवसाय सञ्चालन गर्ने क्रममा राखीको व्यवसाय गर्नुभएको छ । संयोग आजको दिन पनि रक्षाबन्धन पूर्णिमाकै परेछ । पञ्जाबका लुधियाना, पठानकोट, अमृतसर, जालन्धर, होशियारपुरमा पनि विभिन्न पेशा व्यवसाय गरेर बसेका नेपालीहरु भेटिए । यहाँ जन्मेर, पढेर शिक्षित भएका आफ्ना छोराछोरीलाई नेपाल सरकारले मान्यता दिएर नेपालमा रोजगारी दिने हो भने स्वदेशमै बस्न आफूहरु ईच्छुक रहेको उनीहरुले बताए । २४। जम्मु कश्मिरः जम्मुतबीको गोरखानगरमा भारतीय नेपालीहरुको बस्ती नै छ । त्यहाँ उनीहरुले गुरु गोरखनाथको मन्दिर पनि बनाएर आफ्नो भाषा, संस्कृतिको रक्षा गर्न खोजेका छन् । तर, विवादको चौघेरो उत्तिकै देखिन्छ । राजधानी श्रीनगरमा मुसलमानहरुको बाक्लो आबादी र हिन्दू धर्मप्रति आस्थावान्हरुका लागि प्रतिकूल वातावरणका कारण अधिकांश नेपालीभाषी जम्मुतबी वा अन्यत्र सरेका छन् । आँखामा टिलपिल टिलपिल आँसु पार्दै गोरखानगरवासीले भने, हामीलाई पिता पुर्खाले कहाँ ल्याएर राखे राखे, नेपालमा लगेर आफ्नो गाउँठाउँ कहिल्यै देखाएनन्, आफ्नो भन्ने कहीं कतै केही छैन, हिन्दूस्तानको स्वतन्त्रताका लागि हामीले खून पसिना बगायौं तर अहिले हाम्रो समस्यामा राज्य सरकार वा कसैले ध्यानै दिदैनन् । यिनै चिन्ताका कारणले पनि होला हाम्रा युवाहरु दुव्र्यसनी बन्दै कम उमेरमै मृत्युवरण गरिरहेका छन् । उनीहरुको यस्तो मार्मिक संवेदना सुन्दा बहुत दुःख लाग्यो । २५। हिमाचल प्रदेशः यस राज्यको धर्मशाला ९भाग्सु० र शिमलामा बस्ने भारतीय नेपालीहरुको अवस्था राम्रै देखियो । तर, १, २ जना छाडेर धर्मशालामा बस्ने उनीहरुमा मानवीय र सहयोगी भावना कमजोर हुँदै गएको देख्दा ती ठूल्ठूला सफा, सुग्घरिला घरहरुको के काम भनेझैं लाग्यो । कामको खोजीमा सुदूर पश्चिम नेपालबाट आएका नेपालीहरुले मोबाइलमा आफ्नै गाउँठाउँका लोकभाकाहरु सुन्दै चुईचुईती साहुको भारी बोकेर उकालो चढिरहेको देख्दा एकातिर मन विरक्तिएर आयो । अर्कातिर आफ्नै लोक संस्कृतिप्रति उनीहरुले दर्शाएको प्रेम देखेर साँच्चै गर्व लाग्यो । उनीहरुले आफ्नो सुखदुःख तिनै गीतहरुमार्फत् साटिरहेका छन् । २६। उत्तराखंडः यस राज्यमा पतञ्जली योगपीठ, हरिद्वारका महामन्त्री आचार्य बालकृष्ण सुवेदी योगमसिहा बाबा रामदेवसँग सहकार्य गर्दै आयुर्वेदको ज्ञान र विशेषज्ञता प्रयोग गरी विश्व चर्चित हुँदै हुनुहुन्छ । धर्मनगरी हरिद्वारमा डा। पदमप्रसाद सुवेदी ९गुल्मी, नेपाल० जस्ता प्रकाण्ड विद्वान, आश्रम प्रमुखहरु, व्यवस्थापकहरु, कर्मचारीहरु पनि प्रशस्त छन् । राजधानी देहरादूनमा बस्ने भारतीय नेपालीहरुको संख्या अत्यधिक छ । साहित्यकार भुपेन्द्र अधिकारीले वीर वलभद्र कुँवरको स्मारक देखाउँदै शत्रुलाई पनि सम्मान गर्न सक्ने ब्रिटिशबाट हामीले ठूलो पाठ सिक्नुपर्ने र सरापेर मात्रै बस्न नहुने बताउनुभयो । यस्तै विचार वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईले पनि राख्नुभएको थियो । भारतीय सेनाको दोश्रो उच्चतम तह लेफ्निेण्ट जनरलबाट सेवा निवृत्त आर।एस। प्रधान पनि नेपालीभाषीका गौरव हुनुहुन्छ । यो राज्यमा मध्य तथा सुदूर पश्चिम नेपालबाट रोजीरोटीका लागि आएका नेपालीहरुको अर्को पाटो पनि छ । उनीहरु भारतका चारधाम मध्ये उच्च क्षेत्रको धाम बदरीनाथ मन्दिर वरपर पाल टाँगेर बसेका छन् । डोकोमा मान्छे तथा सामान बोकेर उनीहरु आफ्नो र परिवारको पेट पाल्ने गर्दछन् । उनीहरु जति दुःख गरेर पैसा कमाउँछन् त्यति नै मादकपदार्थ तथा नशामा उडाउँछन् । घर फर्कन खर्च नभएको पनि सुनाउँछन् । उनीहरु गुनासो गर्छन्, नेपालमै रोजीरोटी भए हामी यस्ता ठाउँमा किन दुःख गर्न आउथ्यौं, नेपाल सरकारले हाम्रो र हाम्रो क्षेत्रको कुनै दुःख सुन्दै सुन्दैन । देख्दै देख्दैन । विवश भएर यस्तो जीवन बाँचिरहेका छौं हजुर हामीहरुले।।। । २७। उत्तर प्रदेशः बनारस ९काशी० र नेपालको सम्बन्ध धेरै अगाडिदेखि छँदैछ । यहाँ नेपालका चर्चित नेताहरुले आफ्नो अध्ययन र राजनीतिक आन्दोलन गर्ने थलो पनि बनाए । बनारसमा नेपालबाट संस्कृत पढ्न आउने विद्यार्थीहरुको संख्या उल्लेख्य नै छ । विद्वत जगत्मा सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयका तुलनात्मक धर्म दर्शन विभाग अध्यक्ष प्रा।डा। हरिप्रसाद अधिकारी ९जन्म भूटान० र लब्धस्वर्ण पदकबाट विभुषित न्यायचार्य डा। विश्वनाथ धिताल ९ललितपुर, नेपाल०, काशी हिन्दू विश्वविद्यालयका नेपाली भाषा विभाग प्रमुख डा। सञ्जय बान्तबा ९दार्जिलिङ, भारत० सुपरिचित नाम हुन् । काशी विश्वनाथ मन्दिरमा नेपालको बाग्लुङ जिल्लाका टेकनारायण उपाध्याय ९पौडेल० मुख्य अर्चक हुनुहुन्छ । रेलको इञ्जिन बनाउने कम्पनीमा कार्यरत अर्जुनसिंह घले भन्नुहुन्छ, यस कम्पनीमा अधिकृत स्तरमा काम गर्ने हामी नेपालीको संख्या निकै छ । ललिताघाटमा रहेको नेपाली मन्दिर र वृद्धाश्रम व्यवस्थितरुपमा अगाडि बढिरहेको देखिन्छ । लखनउमा रुपन्देही, नेपालका शोभाखर न्यौपानेले ट्राभल एजेन्सी र कार्गो व्यवसाय सञ्चालन गरेर बस्नुभएको छ । यहाँ बस्ने भारतीय नेपालीहरुको अवस्था मध्यम खालको देखिन्छ । उनीहरु भन्छन्, भारतमा हामीलाई पहिचानको समस्याले धेरै अप्ठ्यारो पारिरहेको छ । हामी न नेपालका न भारतका जस्तो भएका छौं । भगवान् रामको जन्मभूमि अयोध्या, भगवान् श्रीकृष्णको जन्मभूमि मथुरा र वृन्दावनमा पनि नेपालीहरुको संख्या प्रशस्त छ । जीवनको आखिरी समय भगवानको नाम स्मरण, जप, ध्यान गर्दै बिताउने उद्देश्यले आएका नेपाली बृद्धवृदाहरु पनि वृन्दावनमा धेरै छन् । यहाँको शान्तापद्म विद्यालय नेपालीले नै स्थापना र सञ्चालन गरिरहेका छन् । नेपाली आश्रमहरुको संख्या पनि यहाँ निकै रहेको नारायण नागा बताउनुहुन्छ । २८। विहारः पटनाका विभिन्न कलेजमा पत्रकारिता विषय पढाउने र आफूलाई नेपाली भन्न अत्यन्त गौरव गर्ने प्राध्यापक फ«यान्क कृष्णर (सिक्किम, भारत) टाइम्स आफ इण्डिया जस्तो लोकप्रिय अंग्रेजी दैनिकको साप्ताहिक स्तम्भकार समेत हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, आफ्नो सम्पर्कमा आएका विहारमा बस्ने नेपाली युवाहरुले गर्वका साथ म नेपाली हुँ भन्न र नेपाली भाषा बोल्न लाज मान्छन् तर हिन्दी र अंग्रेजीमा फरर बोल्छन् । यस्ता युवा देख्दा मलाई दुःख लाग्छ । अंग्रेजी भाषाका प्राध्यापकले नेपाली भाषा र नेपाली युवाप्रति देखाएको यस्तो चासो सबैका लागि सोचनीय विषय बनेको छ....................

फोटो :- बाबुराम थापा






































Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment