प्रेम सुनार
गुल्मी, साउन–२७ । केहि दिन अघि वार्षिक समिक्षा कार्यक्रममा जिशिका गुल्मीले जिल्लाका कुनै विद्यालयमा खेतला शिक्षक छैनन् , छन भने देखाउनुस भनेर चुनौती दिई रहेका बेला केहि विद्यालयमा खेतला शिक्षक कायमै रहेको खुलेको छ ।
लक्ष्मीपुर माध्यामिक विद्यालय ठुलोलुम्पक–८, चेहमीबाट रामवारी प्रथामिक विद्यालय अस्लेवा–९ मा सरुवा भई आएका शिक्षक तिलबहादुर कुँवर एक वर्ष अघि देखि विद्यालयमा नगई तलव बुझेर बसेका हुन् ।
उनले आफ्नो तलवबाट न्युन रकम दिई विमला पाण्डेलाई सट्टा शिक्षक राखी एक वर्ष अघि देखि घरमा बसे पनि जिल्ला शिक्षा कार्यालयले वेवास्ता गरेको स्थानियवासीले बताए ।
शिक्षक कुँवरलाई लक्ष्मीपुर माविमा प्रधानध्यापक रहँदा आर्थिक अनिमित्ता गरेको भन्दै अभिभावकले विद्यालय छिर्न नदिए पछि सरुवा गरिएको थियो । त्यसो त विद्यालय निरीक्षक र श्रोत व्याक्तिहरु कै श्रीमति र आफन्तहरु गाउँका थुप्रै विद्यालयहरुको दरवन्दी ओगटेर खेतला शिक्षक राखी सदरमुकाम र यस आसपासका विद्यालयमा रहँदा समेत सो कार्यालय वेवास्ता गरेको छ ।
0 comments:
Post a Comment