अन्तरजातीय विवाह गर्ने जोडीले न्याय पायो
करिब एक महिनापछि उनीहरु पुनः भेट भई कुलेलम ठोके । समाज र परिवारको डरले लुकीलुकी हिँडिरहेका उनीहरुलाई प्रहरीले फेला पार्यो र आइतबार पुनः विवाह गराएर केटाको घरमा भित्र्याइयो ।
अन्तरजातीय विवाह गरेकै कारण घरबाट विस्थापित भएको बिराटनगरको यो जोडीलाई केटाको घरमा भित्र्याएर पुर्नस्थापना गरिएको हो ।
एक साताअघि समाजको डरका कारण विस्थापित भएका सुमन मगराती र उर्मीला खतिवडाको यो जोडीलाई आइतबार अधिकारकर्मी, प्रहरी, पत्रकार र नागरिक समाजकोअगुवाइमा सामाजिक विवाह गराई केटाको घरमा पुनःस्थापित गराइएको हो ।
बिराटनगर-५ गोकुल टोलका सुमन र उर्मीलाले कानुनी विवाह गरे पनि केटी पक्षले बाधा हालेको थियो । गत जेठ ५ गते सुनसरी जिल्ला अदालतबाट नाता कायम गराई मन्दिरमा विवाह गरेका सुमन र उर्मिलालाई केटी पक्षले प्रहरीको सहयोगमा एकापसमा छुट्याएका थिए ।
भदौ १ गते सुमन र उर्मिला एकापसमा भेट भई भागेपछि केटी पक्षले सुमनका बाबु केशबहादुर मगरातीलाई कुटपिटसमेत गरेका थिए । उनीहरु ६ दिनदेखि लुकेर बस्दै आएकोमा खोजी गरी समाजमा स्थापित गराइएको हो ।
0 comments:
Post a Comment