शिक्षा कार्यालय गुल्मीको आन्दोलनको निकासका लागी ७ सदस्य कार्यदल


अनिल खत्री गुल्मी ८ भदौ 
जिल्लाको शैक्षिक अनियमिताको बिरुद्धमा गठित संयुक्त संघर्ष समितीले जिल्ला शिक्षा कार्यालय गुल्मीमा सो कार्यालयका गलत कामहरुको बिरोधमा संञ्चालन गरेको आन्दोलन र उत्पन्न समस्याहरुको अझै समाधान हुन सकेको छैन । बिभिन्न बिद्यार्थी संगठन, बिभिन्न बिद्यालय ब्यवस्थान समितीहरु लगायत शिक्षा प्रेमीहरुकोे सहभागिता संञ्चालित आन्दोलनका कार्यक्रम शिक्षा क्षेत्रका गलत निर्णय नसच्चाईएकाले निरन्तर जारी रहेको आन्दोलनकारीहरुले जनाएका छन ।
शिक्षक सेवा आयोगको परिक्षा पास गरेका नयाँ शिक्षकहरुको पदस्थापनको समयमा अबैधानिक तरिकाले घुष लिएर किर्ते कागजात तयार गरि शिक्षक सरुवा गरिएको, दरबन्दी लुकाएको, बिषय परिर्वतन गरेको तथा भ्रष्टचार मौलाएको भन्दै गत साउन २६ गते बाट जिल्ला शिक्षा कार्यालय गुल्मीमा चरणबद्ध आन्दोलन जारी रहेको आन्दोलनरत संयुक्त संघर्ष समितीले जनाएको छ ।
जिल्लामा बिद्यमान शिक्षा क्षेत्रको समस्या समाधान गर्नुको साटो समस्या सृर्जना गरि जिल्ला शिक्षा अधिकारी दिनेस श्रेष्ठ कार्यालयको काम लिएर काठमाडौ गएका भनिएकामा उतैबाट सरुवा मिलाएर जिल्ला नफर्कने भएपछि नयाँ जिल्ला शिक्षा अधिकारीको रुपमा चन्द्र बहादुर खड्का हाजीर भएका छन । नयाँ जिसिअ आए लगत्तै जिल्ला शिक्षा कार्यालयका अघिल्ला निर्णयका कारणले उत्पन्न समस्या समाधानका लागी जिल्ला स्थित राजनितीकदलहरुको उच्च तहमा सर्बदलिय बैठक आयोजना गरि आन्दोलनकारीले उठाएका मागहरु समाधानका लागी साझा धारणा बनाउने प्रयास थालेका छन ।
आइतवार तम्घासमा आयोजित सर्बदलिय बैठकबाट समस्या समाधानका लागी आन्दोलनकारीले उठाएका मागहरु सम्बोधन गर्ने र जिल्ला शिक्षा कार्यालयका गलत निर्णय तथा क्रियाकलाप सच्चाउन आबश्यक गृहकार्य गर्नका लागी ७ सदस्यिय कार्यदल गठन गरिएको छ । कार्यदलको सदस्यहरुमा नेकपा एमालेका जिल्ला सचिव सोमनाथ सापकोटा, नेपाली कांग्रेस जिल्ला सचिव बिष्णु बलाल, एकिकृत नेकपा माओवादी जिल्ला सहसचिव बुद्धी जिसी, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष भरत बहादुर चन्द, नेकपा–माओवादीका जिल्ला अध्यक्ष बिर बहादुर कार्की, स्थानिय बिकास अधिकारी हरि प्रसाद ज्ञवाली र जिल्ला शिक्षा अधिकारी चन्द्र बहादुर खड्का सदस्य रहेको बताईएको छ । कार्यदलले गृहकार्य गरि भोलि साझ सम्ममा आन्दोलनकारीका मागको सम्बन्धमा समाधानका उपाय पहिल्लाउने गरि साझा धारणा तय गर्ने र शिक्षा क्षेत्रमा देखिएको समस्या छिट्टै समाधानहुने कार्यदलका सदस्य एमाले जिल्ला सचिव सोमनाथ सापकोटाले बताउनु भयो । उता आन्दोलनकारीले भने जुन तहमा छलफल भएपनि जिल्ला शिक्षा कार्यलय गुल्मीले गरेको शिक्षक सरुवाको निर्णय बदर, सम्पुर्ण खाली दरबन्दी खुला गर्ने, जुन बिद्यालयमा जुन बिषय आबश्यक हो सोहि बिषय शिक्षक पठाउने, काज सरुवा फिर्ता गर्ने, शिक्षा ऐन, नियमावली र बिधीका आधारमा काम गर्ने परिपाटीको बिकास नगरे सम्म आन्दोलन जारी रहने आन्दोलनरत संयुक्त संघर्ष समितीका सदस्य राजेन्द्र बिक्रम कुवँरले बताउनु भयो ।
संयुक्त संघर्ष समितीले शिक्षा क्षेत्रको गुणस्तरिय बिकासका लागी सबै गलत तथा भ्रष्टचार जन्य क्रियाकलापको बिरुद्धमा निरन्तर निगरानी र खबरदारी गरिरहन सबै शिक्षा प्रेमी तथा भ्रष्टचार बिरोधीलाई अनुरोध गरेको छ ।

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment