मिति : २०७१ साउन, १६ शुक्रबार
|
गौशाला: महोत्तरी जिल्लाको सोनामाई गाविस–२ भोइल टिम्कीयामा एउटा रुखबाट अचानक पानी चुहिन थालेको छ ।
भोइल टिम्कीया गाउँको १०० मिटर पूर्वमा रहेको औँकसी खोलाको छेउमा रहेको डा. गुलाम यादवको खेतको डिलमा रहेको फरहर रुखको हाँगाबाट अचानक पानी चुहिन थालेको प्रहरी उपरीक्षक रामप्रसाद श्रेष्ठले बताए ।
यो दृश्य हेर्न र पूजापाठ गर्न यस ठाउँ वरपरका १० गाविसका स्थानीय बासिन्दाको भिड लागेको छ । भिड नियन्त्रण गर्न सो क्षेत्रमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए । - रासस
-
0 comments:
Post a Comment