सभाषद बि.कको रकमले दलित वस्तीमा धारा



   प्रेम सुनार
गुल्मी, साउन–२२ । आफ्नै क्षेत्रका सभाषदलाई धेरै पटक जिताए गुल्मी क्षेत्र नम्वर १ शान्तिपुरका दलितहरुले  फर्केर हेरेनन् तर अर्को क्षेत्रको समानुपातिक सभाषदले रकम दिए पछि त्यहाँका दलितहरुले यसपाली घरघरमा पानी धारा पाएका छन् ।  गुल्मी क्षेत्र नम्वर २ की समानुपातिक  सभाषद कमला बि.क.ले संसद विकास कोषबाट एक लाख रुपैयाँ दिए पछि शान्तिपुर वडा नम्वर ३ र ७ का २३ घरधुरी खाने पानीको सुविधा पाएका हुन् ।
    शान्तिपुर ७ का समाज सेवी वलबहादुर नेपालीले आफ्नै क्षेत्रका सभाषदले  यहाँको दलित  वस्तीलाई फर्केर नहेरेको गुनासो गर्दै अर्को क्षेत्रको सभाषद बि.कले पानीको सुविधा दिएकोमा उनि प्रति आभार प्रकट गरे ।   उनले भने–‘  वषौं देखि आधा घण्टा भन्दा बढि समय लगाएर पानी बोकेर खानु पर्दथ्यो अहिले सभाषद बि.कले दिएको रकमले बढिमा पाँच मिनेटमा प्रत्येक घरधुरीले पानी लैजान सक्छन् , यस प्रति आभार प्रकट गर्दछौं ।’
  शान्तिपुर ३ खानेपानी उपभोक्ता समितिका अध्यक्ष एमबहादुर बि.कले पनि सभाषद बि.क. प्रति आभार प्रकट गरे । ‘उहाँले दिएको रकले गाउँको विचमा एउटा धारा बनाएका छौं, यहाँका १० घरधुरीले  खाने पानीको सुविधा पाएका छन्’–बि.कले भने –‘उहाँ प्रति आभारी छौं । ’ शान्तिपुर ७ मा १३ घरधुरीले दुई वटा धारा बनाएर पानीको सुविधा पाएको अध्यक्ष नेपालीले बताए । सभाषद बि.कले थोरै रकमले पनि प्रभावकारी काम गरेकोमा त्यहाँका दलित अगुवा नेपाली लगायतलाई धन्यवाद दिएकी छन् ।



Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment