प्रेम सुनार
गुल्मी, साउन–२२ । मर्मतका लागि परेको रकम कसले कता झ्याम पा¥यो भन्ने कुरा स्थानियवासीलाई अत्तोपत्तो छैन् । एक हप्ता भयो गौडाकोट मजुवा सडक खण्ड अवरुद्ध भएको तर सम्वन्धीत निकाय कानमा तेल हालेर बसेको छ । गत वर्ष गौंडाकोट जुभुङ्ग मजुवा गेरुवुङ्ग शान्तिपुर सडकका लागि सडक डिभिजन कार्यालय पाल्पाबाट ३ लाख रुपैयाँ मर्मतका लागि छुट्टिएको थियो तर त्यो रकमले कहाँ के गरे भन्ने कुरा उपभोक्ता समिति कै पदाधिकारीहरुलाई थाह छैन् ।
मजुवाका समाज सेवी चेतन बस्नेत भन्छन्–‘ कामै नगरी त्यो रकम झ्याम पारेको आभाष भएको छ जवकी हामीले यस सडकमा कसैले काम गरेको देखे कै छैनौं । ’ मजुवा कै समाज सेवी जिवराज फुल्देलले पनि बाटो मर्मतका लागि उक्त निकायबाट वेवास्ता हुँदा आफुहरु कष्टकर यात्रा गर्न बाध्य भएको बताए । उनले भने–‘जुभुङ्गको हटिया देखि मजुवा सम्म ठाउँ ठाउँमा खाडल र पहिरो छ बढो मुस्कीलले तम्घास आई पुगेका छौं । ’
जिप चालक हरिबहादुर खत्रीले एक हप्ता पछि मजुवाबाट जिप ल्याएर हिडेको तर अगाडी बढाउन नसेके पछि स्थानियवासीलाई पहिरो हटाउनु सहयोग माग्दै मुस्कीलले तम्घास आएको बताए । उनले भने –‘गौडाकोट देखि मजुवा सम्मको सडकमा गत वर्ष कसैले मर्मत गरेको देखेनौं, निकै जोखिम मोलेर गाडी चलाएका छौं । ’ शान्तिपुरबाट सदरमुकाम तम्घास आएका वलबहादुर नेपाली मजुवा देखि हिडेर आएको बताए । ‘यति सारो सास्ती पाईयो नेपालीले भने–‘ वास्ता गर्ने निकाय कोहि भएन ध्यानकृष्ट गराई दिनु प¥यो । ’
सडक डिभिजन कार्यालय पाल्पालाई केहि दिन अघि यस्तो लापर्बाहीका विरुद्ध यहाँका सरोकारवालाले सजग गराउँदा डिभिजन प्रमुख कर्णबहादुर राना भाटले ७ लाख भन्दा कम रकमका सडकहरुमा ध्यान पुराउन नसेको स्वीकार गरेका थिए । बुधवार तम्घासको समिक्षा गोष्ठीमा डिभिजन प्रमुख भाट सहित सडकका ईन्जिनियरहरुलाई दलका नेताहरुले अन्य थुप्रै कम्जोरीहरु सच्चाउन चेतावनी दिएका थिए ।
भाटले सानो रकम परेको ठाउँमा मात्रै कमजोरी भएको दावि गरी रहँदा नेपाली कांग्रेसका उप–सभापति भुवनप्रसाद श्रेष्ठले रुद्रवेणी वामी सडक खण्डमा गत वर्ष तिन करोड ६० लाख परेकोमा ३० प्रतिशत पनि काम नभएको ठोकुवा गरेका थिए । सडक डिभिजनको यस्तो चरम लापर्बाही विरुद्ध गुल्मीको सवै संयन्त्र एक जुट हुनु पर्ने बेला आएको बुद्धिजिवीहरु बताउँछन् ।


0 comments:
Post a Comment