सप्तकोशीको ढोका खुलेपछि भारतीय नागरिक नेपाल पसे

घर फर्कन थाले नेपालका विस्थापित

२०७१ साउन १८ गते 
१८ साउन, बिराटनगर । सुनकोशीको पानी थुनिएका कारण शनिबार सप्तकोशी ब्यारेजका सबै ढोका खोलिएपछि बाढीले बगाउने डरले सीमाक्षेत्रका भारतीय नागरिक नेपाली भूमिमा प्रवेश गरेका छन् ।
‘कोशीमा बाढी आउने डरले बिहारको वीरपुरका करिब ५ सय भारतीय नागरिक सुरक्षित स्थान खोज्दै कोशी ब्यारेजमा शरण लिन आएका हुन्,’ सुनसरीका प्रमुख जिल्ला अधिकारी सुवर्ण ढकालले अनलाइनखबरसँग भने- ‘डराएर घर छाडेका भारतीय नागरिकहरु अहिले पनि कोशी ब्यारेज आसपासको अग्लो ठाउँमा आश्रय लिएर बसिरहेका छन् ।’
कोशी नदी आसपासका नागरिकमा बाढीको त्रास बढेपछि भारतीय सरकारी अधिकारीहरुले आइतबार वीरपुरको भ्रमण गरेका छन् ।
नेपालीहरु घर फर्कन थाले
सप्तकोशी आसपासका क्षेत्रमा रहेका नेपालीहरुलाई शनिबार सुरक्षित स्थानका रुपमा विद्यालय र सरकारी कार्यालयमा आपतकालीन व्यवस्थापन गरिएको थियो । स्रोतका अनुसार सुनसरी लगायत सातवटा जिल्लाका ७३ गाविसका ६ सयभन्दा बढी परिवारलाई प्रसासनले सुरक्षित स्थानमा सारेको थियो । आइतबारदेखि उनीहरु घर र्फकन थालेका छन् ।
सुनकोशी नदीमा गएको पहिरो हटाउने क्रममा पानीको बहाव वृद्धी भई सप्तकोशी करिडोर क्षेत्रमा जोखिम हुने भन्दै सुृरक्षित स्थानमा लगिएका सर्वसाधारणलाई आइतबारदेखि घर र्फकाउन शुरु गरिएको हो । सुनकोशी नदीमा पानीको बहाव क्रमशः कम हँुदै गएपछि पूर्वी पहाडी जिल्लाका ६ सय बढी परिवारलाई पुरानै थातथलोमा फर्काउन थालिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
प्रहरी नायव महानिरीक्षक नवराज सिलवालका अनुसार पहिरोले थुनिएको सुनकोशी नदीमा क्रमिकरुपमा पानीको वहावमा कमी आएपछि जोखिम हटेकाले उनीहरुलाई पुरानै स्थानमा फर्काउने कार्य शुरु गरिएको हो । सुनकोशी र सप्तकोशी करिडोर क्षेत्रअन्तर्गत पर्ने सात जिल्लाका सर्वसाधारणलाई सुरक्षित स्थानमा हिजो सारिएको थियो ।


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment