प्रेम सुनार
गुल्मी, साउन–२९ । शिक्षक सरुवा र विद्यालयमा विषय शिक्षक लुकाउने र परिवर्तन गर्ने कुरामा लाखौं घुस खाएको आरोप लागेका गुल्मीका जिल्ला शिक्षा अधिकारी दिनेशकुमार श्रेष्ठको अवस्था थप अज्ञात बनेको छ । साउन २ गते शिक्षकहरुलाई रातौंरात सरुवा गरी ३ गते जिल्ला छाडेका उनी विरुद्ध यहाँका सरोकारवाला आन्दोलनमा उत्रे पछि उनको फोन प्रया लाग्नै छाडेको थियो ।
तर केहि दिन अघि आन्दोलनकारीबाट थप दवाव आए पछि उनले आफै फोन गरेर आफुलाई गाडी लिएर काठमाण्डौं लिन आउनका लागि जिल्ला शिक्षा कार्यालयका निमित्तलाई निर्देशन दिएका थिए । ‘पुरकको उत्तर पुस्तीका लिएर गाडी पठाउनु म त्यसैमा फर्किन्छु भनेर वोलाउनु भयो र गाडी पठाईयो ’–निमित्त जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद ज्ञवाली भने–‘काठमाण्डौं पुगेर पटक पटक फोन गर्दा उहाँको फोन लागेन गाडी रित्तै फर्कियो । ’
उनले थपे–‘ यहाँ आएर पनि पटक पटक फोन गरेका छौं तर उहाँको फोन स्वीचअफ रहेको छ ।’ कहाँ हुनुहुन्छ भन्ने कुरा थाह छ ? भन्ने प्रश्नमा ज्ञवालीले भने –‘अंस्ती सम्म काठमाण्डौं छु भन्नु भएको थियो अहिले चाँही कहाँ हुनुहुन्छ थाह भएन् । ’ जिशिअ श्रेष्ठलाई लिन भर्खर त्यस कार्यालयलाई आएको बा २ झ १०१५ नम्वरको गाडी गएको थियो ।
जिशिअलाई काठमाण्डौमा खोज्न त्यहाँ पुगेको टोली निकै स्थानमा भौतारिएको र धेरै कल फोन गरेर हैरानीम परेको बताईन्छ । गाडी लिन जाँदा पनि किन फर्किएनन त जिशिअ ? भन्ने विषयले यति वेला जिल्लामा नकै चर्चा पाएको छ ।
आन्दोलनरत पक्ष भन्छ –‘उनि डराएर नफर्कने सोंचमा पुगे ।’
घुस कमिशनको आरोप लागे पछि त्यस कार्यालयले कुनै प्रतिकृया समेत आधिकारीक रुपमा दिएको छैन् । ‘घुसको आरोप कि स्वीकार गर्नु प¥यो कि होईन भनेर स्पष्ट पार्नु प¥यो ’ –आन्दोलनको अगुवाई गर्ने मध्येका एक गणेश श्रीपालीले भने –‘ हामी त्यसै उत्रिएका छैनौं आन्दोलन रोकिदैन् । ’
जिल्ला शिक्षा कार्यालयमा हुने गरेको भनिएको सवैखाले अनियमित्ता र घुस कमिशनका अन्त्य गर्ने भन्दौ गत साता देखि सयुक्त संघर्ष समिति गठन गरी सुरु भएको आन्दोलन जारी नै रहेको छ । जिशिअ गुल्मीमा आए पछि शिक्षक सरुवा, दरवन्दी लुकाउने र परिवर्तन गर्ने विषयमा लाखौं घुस जिशिअ र उनका आसेपासेले खाएको आन्दोलनरत पक्षको आरोप छ । आन्दोलनकारीले उनि एक महिना देखि जिल्ला नफर्के पछि आन्दोलनको नयाँ प्रयोग स्वरुप जिशिअ हराएको सुचना प्रकाशित गरेका थिए । घुस कमिशनमा मन्कीने र कुरा उठे पछि हराउने अन्य कार्यालयका हाकीमहरुको पनि पत्तो लगाई हाकीम हराएको सुचना प्रकाशित गर्न पर्छ कि भनेर चोक चोकमा व्याङ्ग गर्न थालिएको छ ।
यता जिशिअ जोगाउने पक्षले भने नयाँ जिशिअ धान खाने मुसो चोट पाउने भ्यागुतो भने झै भएको बताउँछ । नाम नबतउने सर्तमा एक जना त्यो पक्षकोले भने–‘ जिल्ला शिक्षा कार्यालयको घुस कमिशन र भ्रष्टचार के नौलो हो ? त्यहाँको पुरानो टिम पुरै नमिल्काए सम्म हुँदैहुँदैन् ।’ अर्काले थपे–‘त्यहाँ धेरै छन् भ्रष्टहरु नयाँ जिशिअ त धान खाने मुसो चोट पाउने भ्यागुतो मात्रै पनि हुन सक्छन्, त्यस कारणले पनि उनले स्पष्ट पार्नु पर्छ र सत्य तथ्य बाहिर ल्याउनु पर्छ नत्र उनि उम्कीन पाउँदैनन् ।’
0 comments:
Post a Comment