स्रोत .नेपाल जापान डट कम
सरकारले नेपाल प्रहरीमा लैंगिक हिंसामा ठोस कारवाही गर्ने, थुनाका बन्दी महिलाका लागि महिला सुरक्षाकर्मी नै रहने लगायत प्रावधान राखेर विधेयक ल्याइएको छ । त्यस्तै, यसमा महिलालाई जिस्क्याउने, अभद्र व्यवहार गर्ने पुरुषलाई दण्डित गरेजस्तै पुरुषलाई जिस्क्याउने महिलालाई पनि कारवाहीको व्यवस्था हुने बताइएको छ |
कानूनमन्त्री नरहरि आचार्यले पेश गरेको विधेयकमा केही सभासद्ले पुरुषले महिलालाई अभद्र व्यवहार गर्दा कारवाही भोग्नुपरे जस्तै महिलाले पनि पुरुषमाथि अभद्र व्यवहार गरेमा कारवाही गर्ने कानून बनाउनुपर्ने माग गरेका छन् । सदनमा यसको जवाफ दिदै मन्त्री आचार्यले महिलालाई जिस्क्याउने, अभद्र व्यवहार गर्ने पुरुषलाई दण्डित गरेजस्तै पुरुषलाई जिस्क्याउने महिलालाई पनि कारवाहीको व्यवस्था हुने बताए ।

0 comments:
Post a Comment