बहिष्कृत महिलालाई पुनस्र्थापना गर्ने प्रतिबद्धता

स्रोत ..नेपाल जापान डट कम 
बलात्कार घटनामा समाजबाट बहिष्कृत महिलाबारे चौतर्फी चासो आएपछि सरोकारवालाले पुनस्र्थापना गराउने प्रतिबद्धता जनाएका छन्। जिल्ला प्रहरीको पहलमा भएको छलफलमा महिलालाई पुनस्र्थापित गराउन सबै पक्ष सकारात्मक भएका हुन्। स्थानीयवासी, आरोपित पक्ष, राजनीतिक दल र अधिकारकर्मीको भेला गरेर प्रहरीले गराएको छलफलमा तीन बुँदे सहमति गराएको प्रहरी नायब उपरीक्षक प्रकाश मल्लले जनाए। ढोला २ की एकल महिला बलात्कारको घटनामा गाउँ नै पक्ष विपक्षमा विभाजित भएको थियो।
विद्यालयको सहयोगी पदबाट हटाएर भारोपर्मसमेत टुटाएकी महिलालाई जागिरमा पुनस्र्थापित गर्न शिक्षा र व्यवस्थापन समितिले पहल गर्ने निर्णय गरिएको छ। महिला बहिष्कृत भएको समाचार छापिएपछि मानव अधिकार आयोग, प्रहरी प्रधान कार्यालय, प्रधानमन्त्री कार्यालय र विभिन्न अधिकारवादी संस्थाले चासो दिएका थिए। प्रहरीले सदरमुकाममा गरेको सर्वपक्षीय भेलामा सरोकारवालाले अदालतमा दर्ता भएको मुद्दालाई प्रभावित हुन नदिनेसमेत बताएका छन्। यसअघि स्थानीय कांग्रेस नेता कार्यकर्ता पीडित विपक्ष र एमालेका पक्षमा उभिएपछि विवाद बढेको थियो। घटनामा राजनीतिकरण भएर विवाद बढ्दै जाँदा एकल महिला समाजबाट एक्लो हुन पुगेकी हुन्।
०७० मंसिर ८ गते राति स्थानीय २४ वर्षीय सन्दीप भनिने सञ्जीव सिंखडाले ती महिलालाई बलात्कार गरेको आरोप छ। उनी अहिलेसम्म फरार छन्। महिलाले १० गते प्रहरीमा उजुरी दिएर मुद्दा दर्ता गराएकी थिइन्। त्यसपछि अन्य घटनाक्रम विकास भएका हुन्। पीडित महिलाले सासूको निधन हुदाँ छिमेकी मलामी नआएको गुनासो गरेकी थिइन्। काजकिरिया सकिएपछि सर्वपक्षीय भेला गरिएको हो। ‘घटनाको पक्षविपक्षमा विवाद बढेपछि सामाजिक सद्भाव र सामाजिक सुरक्षाका लागि छलफल चलाएर निर्णय लिएका हौँ,’ मल्लले भने।(कान्तिपुर)



Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment