दुर्घटनामा छोराको मृत्यु भएको गलत खबरले बुबाको मृत्यु

प्रदीप रोजवे आचार्य


रेडियो गुल्मी


सिरहाको बेल्हा–१ मा आइतबार दिउँसो मोटरसाइकल दुर्घटनामा छोराको मृत्यु भएको खबर पाएर खिरौना–३ 

का नन्दकुमार मण्डलको हृदयघात भएर मृत्यु भएको छ । नापी कार्यालय सिरहाका कर्मचारी रहेका 

नन्दकुमार छोरालाई हेर्न आउँदा जिल्ला अस्पताल अगाडि छाती अचानक दुखेर हृदयघात भएको थियो । 

उपचारका लागि धरान लैजाने क्रममा आइतबार राति बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय 

सिरहाका प्रहरी नायब उपरीक्षक लक्ष्मण गिरीले बताए । दुर्घटनामा खिरौना–३ का ३० वर्षीय रामनारायण 

मण्डलको मृत्यु भयो भने सोही गाविसको वडा नं ७ का आयुषोत्तम मण्डल गम्भीर घाइते भए । आयुषोतम 

घाइतेमात्र भए पनि एक व्यक्तिले फोन गरेर मृत्यु भएको गलत खबर नन्दकुमारलाई दिएका थिए । जिल्ला 

प्रहरी कार्यालय सिरहाका अनुसार घरबाट मिर्चैयातर्फ स३प २८३९ नम्बरको मोटरसाइकलमा जाँदै गरेको 

समयमा तीव्र गतिमा आएको स१त ३८३७ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा दुर्घटना भएको थियो । 

मोटरसाइकल पछाडि बसेका रामनारायणलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा मृत्यु भएको 

प्रहरीले जनाएको छ । घाइते भएको मोटरसाइकल चालक आयुषोत्तमको बिपी कोइराला स्वास्थ्य विज्ञान 

प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ




Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment