प्रधानमन्त्री कोइरालाले भने-मैले क्यान्सरलाई खाइसकेँ

२०७१ भदौ १६ गते 

१६ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले आफूलाई अब क्यान्सरले पनि केही गर्न नसक्ने बताएका छन् ।
susil-koiralaप्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान प्राकृतिक प्रकोप पीडितहरुका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा जम्मा गरिने राहत रकम लिँदै उनले भने-’मलाई क्यान्सरले पनि केही गर्न सक्दैन । मैले नै क्यान्सरलाई खाइसकेँ ।’
फोक्सोमा क्यान्सर देखिएपछि प्रधानमन्त्री कोइरालाले गत आसरमा एक महिनाबढी अमेरिकामा उपचार गरेका थिए । उनी असोजमा फेरि अमेरिका जाने तयारीमा छन् ।
प्रधानमन्त्री कोइरालाले देशको विकासको लागि काम गर्ने समय आएको बताए ।
नेपालमा जनताले चाहे जस्तो राजनीतिक प्रणाली प्राप्त भसकेको भन्दै उनले अबको समय विकास निर्माणमा लगाउनु पर्ने बताए । उनले भने-’अब देशमा शान्ति, स्थायित्व, लोकतन्त्र र लोकतान्त्रिक संविधान आउँछ । नेपालले उज्यालो पाउँछ ।’
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग
प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा आज वर्ल्ड लिङ्क कम्युनिकेशनले ५ लाख प्रदान गरेको छ ।
यस्तै मनाङ सेवा समिति, मनाङ-मस्याङ्दी क्लब, न्यासाङ मनाङ वुमेन सोसाइटी र मनाङ वुमेन इम्पावरमेण्ट संस्थाका तर्फबाट एकमुष्ट ४ लाख २१ हजार रुपैयाँ प्राप्त भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
यसैगरी टुरिज्म डेभलपमेण्ट बैंकले राहत कोषमा १ लाख ५१ हजार, सगरमाथा मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्सले १ लाख ५ हजार ५ सय ५५ र गामबेसी दोहोरी नाचघरले १ लाख १ सय ११ रुपैयाँ सहयोग गरेको छ ।


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment