चाचन र महर्जन हत्याकाण्डका अभियुक्त पाँच वर्षपछि पक्राउ
२६ भदौ, काठमाडौं । महानगरीय प्रहरी महाशाखाले जघन्य अपराधका अधुरा फाइल खोल्दै फरार अभिययुक्तको खोजी सुरु गरेको छ ।
यो क्रममा महाशाखाले व्यापारी अन्जनीकुमार चाचन र प्रेमकृष्ण महर्जनको हत्यामा संलग्न दुई फरार अभियुक्तलाई करीव ५ वर्षपछि पक्राउ गरेर पहिलो सफलता हात पारेको छ ।
काठमाडौं गणवहालस्थित एभी इन्टरप्राइजेजका सञ्चालक भारत राजस्थान निवासी चाचनको हत्या ०६७ जेठमा भएको थियो । त्यस्तै टेकुस्थित एक्साइड ब्याट्री शोरुमका महर्जनको हत्या ०६७ चैतमा भएको थियो ।
दुबै हत्याका प्रमुख अभियुक्त निरज केसी र सुनिल महर्जनलाई अपराध महाशाखाले पक्राउ गर्न सफल भएको हो । महर्जनलाई प्रहरीले भदौ १४ गते काठमाडौं नक्सालबाट पक्राउ गरेको थियो भने केसीलाई भदौ २५ गते धरानबाट पक्राउ गरेको हो ।
उनीहरुमाथि ठमेलमा भिक्षु नीमा लामालाई गोली प्रहार गरी १० लाख लुटेको, बाफलमा खुकुरी देखाएर लुटपाट गरेको र पाल्पाका सुदीप बस्यालमाथि टेकुमा गोली प्रहार गरेको अभियोग पनि रहेको एसएसपी कार्कीले जानकारी दिए ।
उनीहरुमाथि ठमेलमा भिक्षु नीमा लामालाई गोली प्रहार गरी १० लाख लुटेको, बाफलमा खुकुरी देखाएर लुटपाट गरेको र पाल्पाका सुदीप बस्यालमाथि टेकुमा गोली प्रहार गरेको अभियोग पनि रहेको एसएसपी कार्कीले जानकारी दिए ।
यो अपराधमा संलग्न चार प्रमुख अभियुक्तमध्ये राजु डंगोल र अशोक गोले केन्द्रीय काराकारमा छन् । तर, यी दुई भाइ भने विगत ५ व्ार्षदेखि लुकीछिपी हिँडेका थिए ।
उनीहरुले पछिल्लो समयमा भारतको मुम्बईमा फास्ट फुड व्यापार गर्ने तयारी गरेको र यसक्रममा काठमाडौं छिरेको सूचना पाएपछि प्रहरीले पछ्याएको थियो ।
यी दुई अभियुक्तको पक्राउसँगै चाचन र महर्जन हत्याकाण्डको फाइल बन्द भएको छ । महर्जनको परिवार प्रहरीको सम्पर्कमा आउन नचाहेको स्रोतले जनाएको छ ।
यस्ता जघन्य अपराधका अभियुक्तहरु प्रायःजसो भारतमा लुकीछिपी बस्ने गरेको पाइएको प्रहरीले जनाएको छ । अपराधका फाइल खोलेर खोजी गर्ने क्रममा यस्तो पाइएको हो ।
एसएसपी कार्कीले अनलाइनखबरसँग भने-‘खुला सीमाना, आवत-जावत गर्न सजिलो र विभिन्न कारणले धेरैजसो अभियुक्तहरु भारततर्फ जाने गरेको पाइएको छ ।’
0 comments:
Post a Comment