उपचारका लागि सहयोग उठाउनु पर्दा असहज
२६ भदौ, काठमाडौं । क्रिकेटर पृथु बास्कोटाले ब्याट र बल नसमाएको झण्डै सात महिना पुग्यो । लिगामेन्ट च्यातिएपछि मैदानबाट बाहिर रहेका पृथु अष्टेलियामा सर्जरी गरेर नेपाल फर्किएका छन् र फेरि मैदान फर्कन आतुर छन् ।
पृथु केही दिनअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुर पुगेका थिए । टिमका साथीहरु खेलिरहेको देख्दा आफूलाई निकै गाह्रो भएको उनले सुनाए । ‘अस्ती सात महिनापछि ग्राउण्ड गएको थिएँ जग गर्न । अर्कै फिल भयो । सेलेक्सन म्याच चलिरहेको थियो । हेरेँ, धेरै मिस भयो’ उनले भने-निकै गाह्रो हुँदोरहेछ । अरुले खेलेको देख्दा आफूलाई पनि खेलौं खेलौं भयो । कहिले सुरु गरौं जस्तो भयो ।’
हाल रिहाबमा रहेका उनले दुई सातापछि ‘नकिङ’ सुरु गर्ने योजना सुनाए ।
जब उपचार खर्चको कुरा आयो, उनी केही गम्भीर देखिए । उनका उनुसार झण्डै १४ लाख रुपैयाँ अर्थात १४/१५ हजार अष्ट्रेलियन डलर खर्च भयो ।
५ हजार अष्ट्रेलियन डलर क्यानले उपलक्ध गराएको थियो । बाँकी पैसा उनले सहयोग उठाएर जोहो गर्नुपर्यो । उमेर समूहदेखि सिनियर लेभलसम्म नेपाली टोलीको महत्वपूर्ण सदस्य रहेर पनि उपचार खर्चका लागि सहयोग उठाउनुपर्ने अवस्था आउनुलाई उनी अनफेयर भन्छन् ।
पृथुले भने -‘त्यो अवस्था आउनुनपर्ने हो । के गर्ने । एकदमै खिन्न लाग्छ । क्रिटिकल रुपमा हेर्ने हो भने अनफेयर नै हो ।’
उनले अघि भने- ‘तर, नेपाली समुदायले सहयोग गर्नुभयो, उहाँहरुलाई धन्यवाद पनि दिन चाहन्छु ।’ उनी भन्छन्, आफूले जस्तो समस्या अरु खेलाडीले भोग्नु नपरोस् ।
खेलाडी घाइते भएपछि उ
सले मानसिकरुपमा निकै ब्याक हुने भन्दै उनले भने-‘टुर्नामेन्ट गुमाएकोमा पीडा हुन्छ, मेरै कुरा गरौं न विश्वकप गुमाएकोमा धेरै कुरा मनमा आए ।’
जे नहुनु पर्ने, त्यही भयो
पृथुले आईसीसी डिभिजन टुमा युगाण्डासँग खेलेको खेल नै अन्तिम हो । चोट लागेपछि खेलेका छैन । सुरुमा पार्सियल लिगामेन्ट च्यातिएको थियो । रिहाबपछि पूर्ण ठिक भएका उनले विश्वकप सेलेक्सनका लागि प्रयास गरे । अभ्यासका क्रममा उनको चोट बल्भिmएपछि नेपालले पहिलोपटक विश्वकप खेल्दा उनी टिममा पर्न सकेनन् । अभ्यासका क्रममा शरद भेसवाकरसँग ठोक्किएका थिए । उनले भने- ‘ठोक्किए पनि सबै बिगि्रयो । जुन हुनै नहुनु पर्ने, त्यही भयो ।’
त्यही चोटले विश्वकप खेल्ने सपना पूरा भएन । यू-१९ विश्वकपमा अपेक्षाअनुसार राम्रो गर्न नसकेका उनलाई टी-२० विश्पकप टोलीको सदस्य हुन नपाएमा निकै खल्लो लागेको छ । उनले भने-त्यसले अलिकति खल्लो महसुस हुन्छ । तर, एक खेलाडीले यसलाई स्वीकार गर्नुपर्छ, किनभने चोटका कारण खेल्न नसकेको हो । कुनै नराम्रो गरेर होइन भनेर चित्त बुझाउन सकिन्छ ।’
विश्वकप खेल्ने मात्र होइन, जित्न सक्छौं
पृथुको कप्तानीमा नेपालले यू-१७ मा २००९ मा उपाधि जितेपछि नेपाली उमेर समूह उपाधिविहीन रहृयो । हालै यू-१६ पि्रमियर लिग जित्यो ।
उनी भन्छन्-हामी कहाँ उपाधि नजितेसम्म केही भएको छैन जस्तो मानिन्छ तर, यो वीचमा पनि राम्रा प्लेयरहरु आएका छन् । उपाधि मात्र जित्न सकेनौं ।’
सागर पुन, प्रदीप ऐरी र भूवन कार्की पृथुको ब्याचका हुन् । त्यसपछि नेपाली टोलीमा सोमपाल कामी र जितेन्द्र मुखिया आए । तर, दुबैले उमेर समूह खेलेका होएनन् । आरिफ शेख भने उमेर समूहमा राम्रो प्रदर्शन गर्दै राष्ट्रिय टोलीमा परेका छन् । अहिले यू-१६ टोलीमा अनिल खरेल, जीतेन्द्रसिंह ठकुरी, पवन सर्राफसहितका राम्रो खेलाडीहरु छन् ।
उमेर समूहमा काप्तानीको भूमिका निभाइसकेका उनी भन्छन्-सिनियर लेभलका त खेलहरु हुँदैनन् भने उमेर समूहमा त झन कम छ ।’
खेल हुँदै नभएको होइन तर, खाली प्रतियोगिताभन्दा अगाडि । एउटा खेलाडीले ३/४ खेल खेलेर आफ्नो क्षमता देखाउन नसक्ने भएको उनको बुझाइ छ । उनी भन्छन्-‘अब हामीलाई राष्ट्रिय लिग चाहिन्छ, यसबाट नै हामी विश्वकप खेल्ने मात्र होइन, सादय जित्न पनि सक्छौं ।’

0 comments:
Post a Comment