प्रदीप आत्रेय हङ्कङ्
उहाँलाई मैले दाई भन्नु पर्छ। तर मेरो बा को उमेर र उहाँको उमेरमा खासै भिन्नता छैन।
दाईका उमेरमा छोरा छोरि भएनछन। मेरो बाले नातिनातिना खेलाउदा उनले ऐउटो पिउसो(छोरों) जन्माए।
तिन गाउ डाके बाजा बजाएे , खसिकाटेर भोज गरे।
आसेपासेका नातापाताले शुद्द खसि र भात सम्काए। पिउसालाई जङ्गे नाम राखेका रैछन। पछि जताततै बाट
विरोध भएछ,अनि राजकुमार बनाएछन्। राजकुमार तिन बर्षको हुँदा म उहाँको घर गऐको थिए।
दाई ले अन्जुलि थाप्नुभएको थियो । राजकुमार ले त्यहि अन्जुलिमा दिसा गरिरहेको थियो।
"
हैन यो के गरिरहनु भाको" मैले सोधे, भविष्यमा यो ठुलो मान्छे हुन्छ ।
मैं बुढोले त देख्न न पाउने भए" दाईका आँखा रसाऐ, हो हुन्छ, मैले भने,
दाईले फेरि भन्नु भो " अजै ऐस्को दिसा सिदै भुईमा झर्न देको छैन, हुन पनि यो अदभुत छ।
मेरो अन्जुलिमा भन्दा अन्त दिसै गर्दैन" दाईले भन्नुभो ।
सन्तान प्रेम हो, भन्ने मैले बुझे" दाईको कुरामा सहि थपेर हिडे। त्यो चर्तिकला कत्ति पचेन मलाई ।
राजकुमारको पढ़ाई लेखाई सहराँ गरायेछन। पढ़ाई सकाए पछि
ऊस्को बिहे गर्दा जिल्लै डाकेछन्। पाँच दिन तिनगाउ मा आगो पुत्ताउनु परेन रे।
६ मैना सम्म जिल्लामै बिउको बोको नभएर छिमेकि जिल्ला गए रे भन्ने थाहा पाए । त्यतिबेला म बिदेश
थिए। राजकुमारको बिहेको डेड बर्ष नपुग्दै उस्कि आमाको स्वर्ग बास भयो।
अस्तिमात्र आमाको पैतालिस दिन पुग्यो। म त्यसैको अघिल्लो दिन घर आईपुगे। आज राजकुमार लेबाउलाई
घोक्राएर घरवाट निकाल्यो।त्यति मात्र हैन भएभरको जेथा बेचेर सहर पस्यो। बुढ़ा दाई बाँटोमा रुदै गरेको देखे।
"यो ठुलो मान्छे हुन्छ। मैं बुढोले देख्न नपाउने भए " भनेर दाईका आँखा टिल्ल भयेको सम्झे ।दाईको अंजुलि
सम्झे । यो भन्दा ठुलो मान्छे को होला? दाईले अदभुत छ भन्थे साँच्चिकै हो रैछ । दाईको पनि ईच्छा पुरा
भयेको ठाने । दाईलाई डोर्याएर आफ्नो घर लगे। समाप्त
0 comments:
Post a Comment