कर्मचारीहरु सुशानमा जुटौं


        प्रेम सुनार

गुल्मी, भदौं–१९ ।  नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय उपाध्यक्ष एवं लुम्विनी अञ्चल संयोजक जयश्वर पन्थीले कर्मचारीहरु सुशासनका पक्षमा जुट्न आग्राह गरेका छन् । युनियनको स्थापना दिवश विशेष समारोहलाई सम्वोधन गर्दै उनले यस्तो कुरामा जोड दिएका हुन् ।
    ‘कर्मचारीहरुका हक हितका पक्षमा युनियन सधैव साथमा छ ’– पन्थीले भने –‘ जनतालाई     सुशासन दिने कुरामा पनि हामी सवै कर्मचारीहरुलाई आग्राह गर्दछौं । ’ कार्यक्रमका प्रमुख अतिथी रहेका उनले आफुलाई सम्मान गरेको प्रति गुल्मी युनियनलाई धन्यवाद दिदै भने–‘ जो जहाँ संगठित भए पनि कर्मचारीहरुको साझा मुद्धमा एक जुट हुन जरुरी छ । ’
   कार्यक्रममा विशेष अतिथी प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले शुभकामना मन्तव्य राखेका थिए ।  कार्यक्रममा युनियनका केन्द्रिय सदस्य एवं सहायक प्रमुख जिल्ला अधिकारी गौरव पन्थी, नेपाली कांग्रेसका उप–सभापति भुवनप्रसाद श्रेष्ठ , नेकपा एमालेका कार्यवाहक अध्यक्ष मधुकृष्ण पन्त, एकिकृत नेकपा माओवादीका सचिव युवराज केसी, राप्रपाका टोपबहादुर बस्नेत, अखण्ड नेपालका नेत्रबहादुर बस्नेत लगातका दलका प्रमुख , प्रतिनिधी विभिन्न सरकारी कार्यालयका प्रमुखहरुको आतिथ्यता थियो ।
 ‘सेवाग्राहीको सन्तसष्टी, हामो प्रतिवद्धता’ भन्ने मुल नाराका साथ सम्पन्न स्थापना दिवस कार्यक्रममा निजामती कर्मचारी युनियन गुल्का अध्यक्ष हरिप्रसाद ज्ञवालीको अध्यक्षता रहेको थियो भने उपाध्यक्ष प्रेमराज खनालको स्वागत मन्तव्य र सचिव टंकप्रसाद पन्थीको सञ्चालन रहेको थियो ।
     
विद्यार्थीहरु पुरष्कृत अरु सम्मानित  

   यसै विच नेपाल निजमाती कर्मचारी युनियनको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा युनियनले गत वर्षको एसएलसी परिक्षामा सर्वोत्कृष्ट नतिजा ल्याई उतिर्ण हुने     विद्यार्थीहरुलाई पुरष्कृत गरेको छ भने विभिन्न कर्मचारीहरुलाई सम्मान पनि गरेको छ ।
  एसएलसीमा सर्वोउत्कृष्ट नतिजा ल्याई उतिर्ण हुने कर्मचारीका छोरी छोरीहरु क्रमशःहार्दिक खनाल, सन्देश भण्डारी, राजन खनाल  कृष्ण पन्थीलाई पुरष्कृत गरिएको हो । उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथी युनियनका केन्द्रिय उपाध्यक्ष जयश्वर पन्थी, विशेष अतिथी प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल र युनियनका जिल्ला अध्यक्ष हरिप्रसाद ज्ञवालीले नगद पुरष्कृत गरेका थिए ।
   त्यस्तै युनियनको स्थापना दिवसको अवसरमा केन्द्रिय उपाध्यक्ष जयश्वर पन्थी लगातका पुर्व अध्यक्ष र अवकास प्राप्त कर्मचारीहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा युनियनका पुर्व अध्यक्षहरु कृष्णप्रसाद अर्याल, छविलाल पन्थी, वालकृष्ण श्रेष्ठ, खिमलाल पाण्डे रहेका छन् । त्यस्तै सेव निवृत्त ३५ जना कर्मचारीहरुलाई पनि सम्मान गरिएको छ ।
    युनियनले रेसुङ्गा सुशासन स्मारिका पत्रिकाका सम्पादक मण्डलालाई पनि सम्मान गरेको छ । सम्मानित हुनेमा सहायक प्रमुख जिल्ला अधिकारी विष्णबहादुर घर्ति, अर्का सहायक प्रमुख जिल्ला अधिकारी गौरव पन्थी, विद्यालय निरीक्षक झविलाल बि.क., लक्ष्मण पाण्डे, गोपाल पन्थी खिमलाल पाण्डे लगायत रहेका छन् । उक्त अवसरमा गुल्मीवाट सरुवा भई जान लागेको सहायक प्रमुख जिल्ला अधिकारी गौरव पन्थीलाई पनि युनियनका केन्द्रिय सदस्यका हैसियतले विदाई गरिएको थियो ।

तस्वीरः विदाई सम्मान पछि सामुहिक फोटो खिचाउदै सहायक प्रमुख जिल्ला अधिकारी गौरव पन्थी र कार्यक्रम स्थलका केहि झलकहरु  








Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment