प्रेम सुनार
गुल्मी, असोज–४ । रेसुङ्गा सामुदायिक प्रहरी सेवा केन्द्र, गुल्मीको तेश्रो जिल्ला अधिवेशन अहिले सदरमुकाम तम्घासमा चलि रहेको छ । जिल्ला विकास समितिको सभाहलमा चलि रहेको अधिवेशनको केन्द्रका संरक्षक रहेका जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक हिमालयकुमार श्रेष्ठले उद्घाटन गरेका हुन् ।
प्रमुख अतिथी प्रहरी प्रमुख श्रेष्ठले समुदाय संगको सहकार्य र सद्भावबाटै प्रहरीले काम गर्दै आएको र आगामी दिनमा झन त्यसलाई व्यापक वनाएर लैजाने बताए । उनले विगतमा बनेको सामुदायिक प्रहरी केन्द्र केहि संकुचित भएको पाईए त्यसलाई फराकीलो बनाएर लैजान सुझाव दिएका थिए । बढ्दो आत्मा हत्या, वलत्कार र घरेलु हिंसा लगायतका सामाजिक अपराध, विकृति विसंगती विरुद्ध प्रहरीले भोली देखि विभन्न विद्यालयमा पुगेर जनचेतना मुलक कार्य गर्ने जानकारी समेत गराएका थिए ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र पन्थी, नेपाली कांग्रेसका जिल्ला सचिव छन्दबहादुर पहराई, नेकपा एमालेका जिल्ला सदस्य माधव ज्ञवाली, एकिकृत माओवादीका सचिवालय सदस्य निमबहादुर पाण्डे, राप्रपा नेपालका तुल्सी पाण्डे, राष्ट्रिय जनमोर्चाका हरिप्रसाद न्यौपाने, अखण्ड नेपालका अध्यक्ष नेत्रबहादुर बस्नेत, नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुसाल , रेडियो रेसुङ्गाका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ , गुल्मी उद्योग वाणिज्य संघका उपाध्यक्ष दुर्गाप्रसाद पाण्डेले मन्तव्य राखेका थिए ।
त्यस्तै कार्यक्रममा पत्रकार जनार्दन घिमिरे, प्रेस चौतारी नेपालका अध्यक्ष शिव सुवेदी लगायतको आतिथ्यता थियो । कार्यक्रममा केन्द्रका अध्यक्ष हरिकुमार श्रेष्ठले प्रतिवेदन प्रस्तुत गर्दै तम्घास वजारमा आफुहरुले शान्ति सुरक्षा कायम गर्न सडक वत्ती वाल्ने लगायतका विभिन्न कार्य गरेको बताएका थिए । अध्यक्ष श्रेष्ठको अध्यक्षतामा चलि रहेको कार्यक्रममा उपाध्यक्ष कृष्णप्रसाद भण्डारीको स्वागत मन्तव्य र कार्यवाहक सचिव तारा भुसालको सञ्चालन रहेको छ । उद्घाटन सत्र पछि वन्द सत्रले नयाँ कार्य समिति गठन गर्ने जनाईएको छ ।
उद्घाटन सत्रको तस्वीर
0 comments:
Post a Comment