प्रेम सुनार
गुल्मी, भदौं–२० । आज दिउँसो गुल्मीको जैसीथोकमा जिप दुर्घटना हुँदा ९ जना घाईते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । तम्घासबाट सिर्सेनी तर्फ जाँदै गरेको लु १ ज १७३३ नम्वरको जिप जैसीथोक–८ स्थित सिमाहघाट पुल माथी घुम्तीबाट खसेको हो ।
तिन घम्भीर घाईतेहरुमा वाग्ला–८ की ५० वर्षिया कुमारी परियार, वाँझकटेरी २ वस्ने २६ वर्षिया पार्वता भुसाल र निजकी साढे दुई वर्षकी छोरी गिता रहेको प्रहरी निरीक्षक महेन्द्र नेपालले जानकारी दिए । उनिहरुलाई तम्घास अस्पतालले रिफर गरेर पाल्पा पठाई सकिएको नेपालले बताए ।
तम्घास अस्पतालमा उपचार गराई रहेका अन्य घाईतेहरुमा सिर्सेनी–८ की १९ वर्षिया रेश्मी कुँवर, वाँझकटेरी–२ का ५ वर्षिय कमल भुसाल, धुर्कोट रजस्थल–६ की २८ वर्षिया सिता केसी , सोही स्थानकी १८ वर्षिया शर्मिला केसी, सिर्सेनी–३ की २४ वर्षिया शारदा केसी, सोही स्थानकी ६३ वर्षिया कमला बिक रहेको प्रहरीले जनाएको छ ।
चालक सिर्सेनी–८ निवासी मधु भन्ने माधव कुँवरलाई नियन्त्रणमा ल्याईएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक हिमालयकुमार श्रेष्ठले बताए । छतमा समेत मानिसहरु कोचाकोच राखेको र उकालोमा बे्रक फेल भई दुर्घटना भएको जनाईएको छ । छतमा रहेका धेरै मानिसहरु हाम्फालेर घाईते हुनबाट बाँचेको बताईएको छ
। साथमा तस्वीरहरु
0 comments:
Post a Comment