प्रेम सुनार
गुल्मी, भदौं–२० । गुल्मी जिल्ला यु.के.समाजद्धार गुल्मी जिल्लाको सञ्चा।र क्षेत्रका विकासका लागि आर्थिक सहयोग गरेको छ । यहाँको एक सेवा सञ्चार नामक संस्थालाई गुल्मी जिल्ला युके समाजले एक लाख रुपैयाँ सञ्चार क्षेत्रको विकासका लागि सहयोग गरेको हो ।
समाजका सचिव एवंम नेपाल पत्रकार महासंघ वेलायत शाखाका सदस्य शिव भण्डारी लण्डनवाट सदरमुकाम तम्घास आई सेवा सञ्चारकी अध्यक्ष गंगा खड्कालाई विशेष समारोहका विच हस्तान्तरण गरेका थिए । गुल्मीका शैक्षिक, स्वास्थ र मानव उद्धारको क्षेत्रमा समेत महत्वपुर्ण सहयोग गर्दै आएको गुल्मी जिल्ला युके समाजलाई कार्यक्रमका प्रमुह अतिथी प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले जिल्लावासीको तर्फबाट आभार प्रकट गरे । उनले भने–‘ विदेशमा रहेर युके समाजले जिल्लावासीलाई जति माया र सहयोग गरेको छ त्यस प्रति हामी आभारी छौं, त्यसलाई निरन्तरता दिनु होला । ’
कार्यक्रमका विशेष अतिथी युके समाजका सचिव भण्डारीले सेवा सञ्चार मार्फत यहाँको पत्रकारिताको विकासका लागि आफुहरुको संस्थाले सहयोग गरेको बताए । जिल्लामा उपचार नपाएर जिवन मरणको दोसाँधमा पुगेका कैयौं मानिसहरुलाई आर्थिक सहयोग गरेर बचाएको गुल्मी जिल्ला युके समाजले जिल्लामा दुई वटा एम्वुलेन्स सेवा सञ्चालन गरेको छ भने फेरी अर्को एम्वुलेन्स सेवा सञ्चालन गर्ने तयारीमा जुटेको सचिव भण्डारीले बताए ।
उनले उक्त सहयोग हस्तान्तरणका लागि आफु समाजको प्रतिनीधी मात्रै भएको र यसको श्रेय समाजका प्रत्येक सदस्यलाई जाने उल्लेख गरे । त्यस्तै युके समाजले उक्त समारोहमा पत्रकार समेत रहेकी सेवा सञ्चारकी उपाध्यक्ष गगनशिला खड्कालाई पुष्कृत समेत गरेको छ । स्तरिय डिजिटल क्यामराद्धारा खड्कालाई समाजका सचिव भण्डारीले पुरष्कृत गरेका थिए ।
समाजले सहगोग हस्तान्तरणका अलवा समाजिक उत्तरदायित्व सहितकाृ पत्रकारितामा नागरिकको भुमिका विषायक अन्तरकृया कार्यक्रम समेत गरेको छ । अन्तरकृया कार्यक्रममा कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव विष्णु वलाल, नेकपा एमालेका सचिवालय सदस्य गणेश श्रीपाली, एकिकृत नेकपा माओवादीका सचिव युवराज केसी, राप्रपाका अध्यक्ष भरतबहादुर चन्द, प्रहरी नायव उपरिक्षक हिमालयकुमार श्रेष्ठ लगायतले धारण राखेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका कोषाध्यक्ष अनिल खत्री, गुल्मी उद्योग वाणिज्य संघका उपाध्यक्ष दुर्गाप्रसाद पाण्डे, ईन्सेक गुल्मीका प्रतिनीधी नरेश भण्डारी, महिला अधिकार रक्षक सञ्जालकी अध्यक्ष सिता भुसाल, नेपाल महिला संघ सदस्य लक्ष्मी पाण्डे, क्रमशः महिला अधिकारकर्मीहरु जानकी ज्ञावली, शिला श्रेष्ठ, नेपाली कांग्रेस महाधिवेशन प्रतिनीधी महेन्द्र भण्डारी लगायतको आतिथ्यता थियो ।
सेवा सञ्चार गुल्मीकी अध्यक्ष गंगा खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य प्रेमबहादुर घर्तिको स्वागत मन्तब्य र उपाध्यक्ष गगनशिला खड्काको सञ्चालन रहेको थियो । सहयोग प्रति सो संस्थाले युके समाजसंग आभार प्रकट गरेको छ । गुल्मीको जैसीथोक घर भएका सचिव भण्डारीले भोली जिल्लाकी एक खेलाडीलाई पनि सहयोग गर्ने कार्यक्रम रहेको बताए ।
हेरौ उक्त कार्यक्रमका केहि झलकहरु सुनौ सचिव भण्डारी संग गरिएको छोटो रेडियो कुराकानी
आडियो यहा देखि सुन्नुस
0 comments:
Post a Comment