भगवती पाण्डे बुटवल, भदौ १६
पाल्पा मस्यामकी मनिषा उच्च शिक्षा हासिल गरेर बैंकमा जागीर खाने सपना बोकेर बुटवल झरीन्। उमेरले १६ वर्ष टेकेकी उनका लागि बुटवलको झिलीमिली र महँगीदै गएको शिक्षा आफ्नो हैसियतमा थिएन। त्यसैमा साथी संगीहरुको भड्कीलो फेसन र शहरीया जीवन शैलीले उनलाई झनै लोभ्याउँथ्यो।
सपना देख्थिन आफू पनि उनिहरु जस्तै रमाईलो गरी हिड्न डुल्न पाए .....? आफूले पनि उनीहरुले जस्तै फेसनेवल कपडा लाउन पाए .....।
सामान्य किसान परिवारमा जन्मेकी मनिषाको शहरीया आवश्यकतालाई नत परिवारले पूरा गरीदिन सक्थ्यो नत उनले आफ्नो आवश्यकतालाई आफ्ना बावु आमासँग खुलेर भन्ननै सक्थीन। जहिले पनि उनलाई आफ्नो परिवारको कमजोर आर्थिक अवस्था प्रति चिन्ता थियो।
बुटवलको नाम चलेको कलेजमा कक्षा ११ मा पढ्दै गरेकी मनिषाले आफ्ना साथीहरुको जस्तो खर्चिलो ब्यवहार र भड्कीलो फेसनसँग जुध्न गलत बाटोको साहारा लिईन। जुन बाटोले उनलाई आईतबार प्रहरीको हिरासतसम्म पुर्यायो।
मनिषासँगै प्रहरीको हिरासतमा रहेकी कपिलबस्तु झण्डाकी बविताको कथापनि उस्तै छ। उच्च शिक्षा र अवसरको खोजिमा करिब २ वर्षअघि बुटवल आईपुगेकी उनी प्रहरीको अध्यारो कोठामा आफ्नो उज्यालो भबिश्यबारे सोच्दै थिईन्।
शिक्षा संकायमा कक्षा १२ को परिक्षा दिएर बसेकी उनी बैकको जागिरे बन्नका लागि बुटवलकै एक कलेजमा व्यबस्थापन विषयमा भर्ना भईन्। तर अध्ययन पूरा गर्ने उनको सपनामा बाधक भैदियो घरको आर्थिक अवस्था।
अध्ययनकै शिलशिलामा भेटिएका मोतीपुरका एक युवाको मायाँ जालमा परेपछि उनको उज्यालो यात्रा अन्धकार तर्फ मोडियो। ज्ञवाली थरका ती युवाले अन्तरजातीय बिवाह गरेको भन्दै घरपरिवारले घरमा पस्न नदिएपछि उनले पनि कसम तोडे र फरार भए। अन्ततः उनले समाएको बाटोले पनि मनीषासँगै प्रहरीको हिरासतमा पुर्याईदियो।
वडा प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी निरीक्षक केदार पन्त गैर कानुनी धन्दा गर्ने ८ जनालाई रंगेहात समाउँदा पनि अन्य समय जस्तो उत्साहीत देखिदैँनथे। उनलाई आफूले यौनकर्मीहरुलाई नियन्त्रणमा लिएर खासै ठूलो उपलब्धि हसिल गरे भन्ने महसुस थिएन। उनको अनुहारमा त हाम्रो समाज कता जांदैछ भन्ने चिन्ताले सताएको प्रष्ट देखिन्थ्यो।
बुटवल नगरपालिका वडा नं ११ ईटाभट्टीस्थित बुद्ध टोलमा रहेको सुमन थापाको घरमा ब्यवसायिक रुपमा यौन व्यवसाय सञ्चालन भैरहेको सूचनाको आधारमा पुगेको उनको टोलीले भारत महाराजगञ्जका समिर आलम, मिराज आलम, धिरज गुप्ता, मोहन शर्मा र बुटवल १३ का कृष्ण चौहानलाई मनिषा र बवितासँगै कल्पना नाम गरेकी महिलासँगै यौन क्रियाकलापमा रमाई रहेको बेला नियन्त्रणमा लिएको थियो।
आफूले के गर्दै छु भन्ने समेत हेक्का नहुने उमेरका ती युवतीहरुलाई समाएर नियन्त्रणमा राख्नु पर्दा भन्दा उनलाई हाम्रो समाजको चेतना र व्यवसायमा सम्लग्न हुन बाध्य पार्ने व्यवसायी प्रति पन्तको आक्रोश थियो।
कुराकानीकै क्रममा आँखाभरी नथामीएको आशु प्रहरी कार्यालयको कार्पेटमा तप्प चुहाएर खुट्टाले मेटाउने प्रयास गदै बबिताले भनीन्, 'बैकको जागिरे बन्ने सपना थियो तर ......।' उनलाई कसैले थाहा नपाईदिए हुन्थ्यो। यो खबर साथी भाईले नपढे हुन्थ्यो भन्ने चिन्तापनि सँगै थियो।
घरीघरी आफ्नो स्टेट गरेको कालो कपाल हातले फर्काउँदै कुरा गर्ने मनिषालाई आफ्नो उमेर चाहेर पनि बिहे गर्ने कानुनी अधिकार भित्र छैन भन्ने समेत ज्ञान थिएन। तर, उनी यो पेशामा लागेको ५ महिना भइसकेछ। घरबाट बुटवल बस्ने खर्च नजुट्ने भएपछि आफ्नो कलेजको पढाई पूरा गर्न छटपटिएकी उनी आफन्ती पर्ने व्यवसायी माया थापाको प्रलोभनमा फसेकी रहीछन्।
मनिषा र बविताको एउटै भनाई छ सातामा एक दिन माया दिदीकोमा जान्थ्यौ। बुटवल, भैरहवाका व्यापारी तथा कर्मचारीहरु आउँथे। दिदीले कती लिनु हुन्थ्यो थाहा भएन, तर हामीलाई प्रति ब्यक्ति १५ सयका दरले दिनु हुन्थ्यो।
माया थापाको उक्त घर बिगत केही वर्ष यता यौन व्यबसाय सञ्चालन गर्ने अखडाको रुपमा स्थापित हुँदै गएको स्वयं मायाको भनाईलाई आधार मान्दा पनि प्रष्ट हुन्छ। पहिले सामान्य चिया नास्ता बेच्ने मायाले २ वर्ष यता घरमै अबैध यौन कारोबार सञ्चालन गरेको देखिन्छ। बुटवल भैरहवाका व्यापारी, भन्सारका कर्मचारी, जग्गा व्यवसायी, यातायात व्यवसायीसँगै भारतीय नागरीक उनका नियमित ग्राहक रहेछन्।
प्रति व्यक्ति ५ सय रुपैया कमिसन लिने बताउँने मायाले मनिषा र बबितासँग यौन धन्दा गराउनु अघि अरु युवती थिए रे। उनीहरु बिदेश लागेपछि मावली नाताकी बहिनी पर्ने मनिषा र उनकै कलेजमा पढ्ने बवितालाई यौन क्रियाकलापमा सहभागी गराएकी रहिछन्।
'पैसा पनि हुने, पढ्न पनि पाईने यी दुवै आशाले उनीहरुले यो बाटो अपनाएका देखिन्छ,' एक प्रहरी अधिकृतले भने।
मनिषा भन्छीन्, 'घरमा आमा बुवालाई फेन्सी पसलमा काम गरेकी छु भनेकी छु। उहाँहरुले मेरो पढाईलाई खर्च पठाउन सक्नु भएन मैले भ्रममा पारे,' प्रहरी हिरासतभित्रै यस्तो भनीरहँदा पनि उनको अनुहारमा आफूले गरेको गल्तीको कुनै संकेत समेत देखिदैनथ्यो।
नत उनलाई आफूले गरेको गलत काम प्रति कुनै पश्चाताप नै थियो। आज गरेको गलत कामले भोलिको भविश्यमा पार्ने प्रभाव बारे ठम्याउन समेत नसक्ने उमेरकी अबोध बालिकालाई यौन धन्दामा लगाउने मायालाई पनि आफ्नो कामप्रति कुनै पश्चाताप थिएन।
तपाईका आफ्ना छोरी भए यसरी यौन धन्दामा लगाउनु हुन्थ्यो भन्ने प्रश्न भुईमा झर्न नपाउदै उनले जवाफ उठाईन, 'मेरा छोरी नै छैनन्।' किन यस्तो पेशामा सम्लग्न भन्ने दोश्रो प्रश्नमा उनको जवाफ थियो घर बनाउदा ऋण लागेको छ त्यो तिर्नु पर्यो त्यसैले।
बुटवल र भैरहवाका केही व्यापारीहरुको लिष्ट छ माया थापासँग। जहाँ दिउसो करिब ३ बजेबाट शुरु भएको यौन व्यबसाय साँझ ६ नबज्दै सकिन्छ। आफ्नै निवासमा ४ वटा कोठामा ग्राहकका लागि रमाउने व्यबस्था मिलाएकी छन्। जब उनका ग्राहक आउने निधो हुन्छ तब फोन घुमाउन थाल्छीन् तिनै बालिकाहरुलाई जो ति ग्राहकहरुका यौन चाहना पुरा गर्न तयार हुन्छन् आफ्नो सपना साकार पार्ने नाममा।
कुराकानीमा आधारित
0 comments:
Post a Comment