प्रेम सुनार
गुल्मी, भदौं–१८ । तपाईका साना वाल वालिकाले कसैको टाँक सम्म चो¥यो भने तत्काल झपार्ने गर्नु होस र फिर्ता गर्न लगाउनु होस् अन्यथा भोली उनि खतरनाक लुटेरा हुन सक्छन् । उदाहरणको लागि हालै ठगी काण्डमा गुल्मीको वामीटक्सारमा पक्राउ परेका महेन्द्र सुनारलाई लिन सकिन्छ ।
उनलाई यस पंक्तीकारले वाल्यपन देखि चिनेको थियो । उनि सानोमा असाध्धै सोझा थिए । आँपचौर ४ वाट उनकी आमा बडागाउँमा दोश्रो विवाह गरी आए पछि उनि दुधे वालकका रुपमा आमा संगै बडागाउँमा बस्न थालेका थिए । त्यति सोझो वालक केहि हुर्के पछि भारत तिर लागे त्यहाँको संगतले उनलाई गाउँ फर्के पछि छिमेकीका कुखुरा चोर समेत बनायो ।
कुखरा मात्रै चोरेनन् उनले २०६४ सालमा बडागाउँका एक परिवारको गोठमा बाँधेको भैंसी रातमा चोरेर रातौंरात काटदै गरेको अवस्थामा स्थानियले समातेका थिए । त्यो समाचार यसै पंक्तीकाराले लेखेको थियो र थुप्रै राष्ट्रिय सञ्चार माध्यमले समेत महत्वका साथ स्थान दिएका थिए । त्यहाँबाट फरार उनि २०६७ सालको यसै भदौं महिनामा भक्तपुरको बैंक लुट्न पुगे । १ करोड ३ लाख रुपैयाँ लुटेर फरार हुन सफल उनलाई गुल्मी प्रहरीले समातेर अदालतमा पेश ग¥यो ।
अदालतले उनलाई चार वर्ष जेल चलान ग¥यो । उक्त सजाएँ सकेर उनि साउन ११ गते निस्कीए । त्यहाँबाट निस्कीएका सुनार वामीटक्सार जस्तो स्थानका मानिसहरुलाई समेत थाङनामा सुताउन सफल भए । काठमाण्डौको करोड पति युवाको तामझाममा हिडेका उनले वामीटक्सारमा मोवाईल पसल खोल्ने भन्दै विभिन्न व्यक्तिबाट केहि दिनका लागि सापटी भन्दै १ लाख ६१ हजार ७ सय ७२ रुपैयाँ असुल्न सफल भए ।
त्यहाँकी एउटी युवतीलाई समेत फकाएर भगाउने तयारीमा थिए । पछि केहि कुराले आशंका जन्माउँदै गयो । निज केटी लिएर भाग्दै छ भन्ने सुईको पाए पछि भदौ १४ गते वामीटक्सारवासीले समातेर प्रहरीलाई बुझाए । हाल जिल्ला प्रहरी कार्यालय गुल्मीको हिरासतमा रहेका उनलाई ठगी मुद्धा दायर गरिएको सो कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक महेन्द्र नेपालले जानकारी दिए । मुद्धाफाँटका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवका अनुसार निजीले विभिन्न स्थानमा फरक फरक नाम दिने गरेका छन् । कतै दिनेश त कतै रमेश थापा भन्ने गरेका छन् ।
उनले वामीटक्सार स्थित मालिका सुनचाँदी पसलमा ६१ हजार मुल्यको सुनको सिक्री बनाउन अर्डर दिएका थिए । त्यस विलमा उनले रमेश थापा लेखाएका छन् । त्यसो त उनले २०६४ अघि देखि नै अपरिचीतहरु संग आफ्नो वास्तविक जात सुनार भनेन् । क्षेत्री भेटे क्षेत्री भन्ने वाहुन देखे वाहुन् भन्ने र अन्य जुन जुन जातका युवतीहरु देख्यो त्यही भन्दै थुप्रै युवतीहरुलाई समेत माया जालमा फसाए ।
अहिले भर्खर ३२ वर्षका उनि कुखरा र भैसी चोरको छोटो समय मैं बैंक लुट्ने सम्मको लुटेर बने । उनले बडागाउँमा स–साना कुराहरुमा थुप्रैलाई ठगेको स्थानियवासी बताउँ छन् । उनि भैसी चोरेर काटेको काण्ड मैं सुध्रिन सकेको भए यहाँ सम्मको गलत यात्रा हुँदैन्थ्यो । बेलैमा सुध्रिन नसक्नुको परिणाम भोग्दै छन् उनले अहिले । तपाई पनि त्यस्तै गलत बाटोमा हुनुहुन्छ भने सुध्रिनु होस् अन्यथा सुनार कै परिणती भोग्नु पर्ला ।
तस्वीर मान्छे सामन्य व्यवहार खतरनाक भएका उनै महेन्द्र सुनार

0 comments:
Post a Comment