रेडक्रशले मनायो स्थापना दिवस


    प्रेम सुनार
गुल्मी, भदौं–१९ । नेपाल रेडक्रश सोसाईटी गुल्मी शाखाले आज विभिन्न कार्यक्रमका साथ ५२ औं  स्थापना दिवस मनाएको छ । उसले आज विहान तम्घास अस्पतालका विरामीहरुला फलफुल  वितरण गरेको छ भने जिल्ला भरका शाखा र सर्कलहरुमा पनि विभिन्न कार्यक्रमका साथ स्थापना दिवस मनाईएको जिल्ला शाखा अधिकृत कृष्णप्रसाद खनालले जानकारी दिए ।
    विरामीहरुलाई फलफुल वितरण पछि नेपाल रेडक्रश सोसाईटीका केन्द्रिय उपाध्यक्ष शशी पन्थीले रेडक्रशको स्थापना, उसले देशवासीको उद्धारमा खेलेको भुमिकाका बारेका प्रकाश पारेका थिए । त्यस्तै जिल्लाको गतिवीधीका वारेका जिल्ला अध्यक्ष अनुपकुमार श्रेष्ठले प्रकाश पारेका थिए । शाखा अधिकृत खनालका अनुसार जिल्लाका २२ वटा उप–शाखा, १ सय २१ वटा जुनियर रेडक्रश सर्कल र २७ वटा युवा रेडक्रश सर्कललले विविध कार्यक्रम गरेर स्थापना दिवस मनाएका छन् ।
   त्यस्तै वलिथुम गाविसमा समुदायमा आधारित स्वास्थ्य तथा प्राथामिक उपचार कार्यक्रम र अर्जै, छापाहिलेमा समुदाय उत्थानशिलताका लागि सामुदायिक पहल कार्यक्रम  अन्तरगत विविध कार्यक्रमहरु सञ्चालन भएको छ  भने अर्जुन आवसीय उच्च माध्यामिक विद्यालय तम्घासमा जिल्ला व्यापी एलवम प्रतियोगीता आयोजना गरिएको शाख अधिकृत खनालले बताए ।


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment