गुल्मीमा सवा तिन करोडको कृषि कार्यक्रम


  प्रेम सुनार
गुल्मी, भदौ–१९ । जिल्ला कृषि विकास कार्यालय गुल्मीले चालु आर्थिक वर्षका लागि कृषि क्षेत्रमा सवा तिन करोड भन्दा बढि रकम सार्वजानिक गरेको छ । उसले विविहार विहान पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको हो । सो कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिकारीद्धारा सार्वजानिक गरिएको कार्यक्रममा ३ करोड ३० लाख रुपैयाँ आर्थिक वर्ष २०७१ ÷०७२ का लागि विनियोजन गरिएको छ ।
   उनले  व्यवसायिक सुन्तला विकासका लागि पकेट क्षेत्रमा १४ लाख छुट्टाएका छन् । उक्त रकम पकेट क्षेत्र नम्वर–१ अन्तरगत दिगाम, विरवास, पल्लीकोट, हर्दिनेटा, गौडाकोट, वलिथुम, पराल्मी, जुभुङ्ग, रिमुवा गाविस र पकेट क्षेत्र नम्वर–२ रेसुङ्गा नगर पालिका, नयाँगाउँ, पिपलधारा, हाडहाडे भनभने, पकेट क्षेत्र नम्वर–३ अर्वेनी, हर्मीचौर, अर्लाङ्गकोट, जयखानी र पुर्तिघाटका लागि छुट्याएको बताए ।
   विभिन्न गाविसमा व्यवसायिक तरकारी विकास आयोजनाका लागि ३५ लाख छुट्याईएको छ । व्यवसायिक मौरी विकास आयोजनाका लागि १२ लाख ५ हजार, अदुवा वेसार विकास आयोजनाका लागि ४ लाख ४० हजार, व्यवसायिक उखु उत्पादनका लागि १ लाख, कृषिमा यान्त्रिकरण विकास आयोजनाका लागि १७ लाख छुट्याईएको छ ।
   त्यस्तै सघन वाली तथा उत्पादकत्व वृद्धि आयोजनाका लागि ५ लाख ४० हजार,  बिज बृद्धि आत्मा निर्भर कार्यक्रमका लागि  ३ लाख ९० हजार, ग्रामिण जिविकोपार्जन सहयोग कार्यक्रमका लागि १८ लाख ८ हजार, महिला, दलित तथा जनजाती उत्थान आयोजनका लागि १ लाख ५ हजार, आर्थिक विशलेषण आयोजनका लागि २७ लाख ४ हजार छुट्याईको छ ।
    सो कार्यालयले कृषि जैविक विविधता संरक्षण तथा वातवरण अनुकुल आयोजनाका लागि ३ लाख , कृषि सेवा केन्द्रका लागि १० लाख, चालु खर्च कार्यक्रमका लागि १ करोड २६ लाख  र पुँजीगत खर्च ३५ लाख छुट्याईएको छ । त्यस कार्यालय प्रमुख  अधिकारीले जनचेतना छर्न र कृषकलाई व्यवसायिक खेतीमा  प्रोत्सहित गर्नका लागि जिल्लाका सवै रेडियोहरुमा एकै साथ प्रशारण हुने गरी कृषि कार्यक्रम सञ्चालन गर्न तयारी समेत भएको बताए ।
   यहाँको राजनैतिक संयन्त्र सहित जिल्ला विकास समिति गुल्मीले दश वर्षे कृषि अवधारण  अगाडी सारे पछि केन्द्र र क्षेत्रले देशका अन्य जिल्लामा भन्दा गुल्मीको कृषि विकास कार्यालयमा बढि रकम विनियोजन गरेको बताईएको छ ।


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment