कतारमा एक नेपाली युवकको मृत्यु

नेपाल जापान डट कम सम्बाददाता-
dilip magar katar
कतारको कर्वा कम्पनिका कार्यरत एक नेपालीको मृत्यु भएको छ । कम्पनीका सवारी चालक धादिङ निलकण्ठका दीलिप मगरको ज्यान गएको हो । आफ्नै कोठामा सुतिरहेका मगरलार्इ मृत अवस्थामा भेटिएको थियो । उनी बिगत ३ बर्षदेखि उक्त कम्पनिमा बसचालकको रुपमा काम गरिरहेका थिए ।
बिहिबार साँझ भलिबल खेलेर केहि थकित अबस्थामा सुतेका उनलार्इ राति करिब २ बजेतिरसँगै रहेका अर्का नेपालीले मृत अबस्थमा भेटेका थिए । उनी स्वस्थ अवस्थामा सुतेको, कुनै रोगको संक्रमण नभए तर एक्कासी मृत अवस्थामा भेटिएको सँगै काम गर्ने हेटौडाका कुमार सिलबालले बताएका छन् । दिनभरको गर्मी र थकाईपछि एयर कन्डिसनमाको चिसोमा सुतेका कारण उनको मृत्यु भएको अनुमान गरिएको छ ।
उनीसँगै काम गर्ने धादिङकै नारायण प्रसाद अवस्थीका अनुसार मृतकका ६ वर्षकी छोरी र ३ बर्षका छोरा र श्रीमति रहेका छन् ।शुक्रबार बिहान प्रहरीको अनुसन्धान टोलीले लासलाई पोस्टमर्टन र अनुसन्धानका लागि लगेको छ । साथमा अनुसन्धानका लागि सँगै कोठामा बसेका अरु ५ जना नेपालीलाई पनि प्रहरिले सोधपुछका लागि लगेको छ । प्रहरीले उनको कोठामा रहेका सामान पनि संकलन गरेर जिम्मा लिएको छ ।
 - See more at: http://www.nepaljapan.com/2014/09/05/129618/#sthash.gAfH7fU2.dpuf

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment