१० वर्षिय वालकद्धारा १५ वर्षिया किशोरी वलात्कार


प्रेम सुनार
गुल्मी, असोज–७ । पढ्दा ठट्टा जस्तो लाग्न सक्छ
तर प्रहरीका अनुसार गुल्मीका एक १०
वर्षिय वालकले १५ वर्षिया किशोरीलाई वलत्कार
गरेका छन् । असोज–३ गते साँझ करिव ८
वजेको समयमा पौदीअमराईका १० वर्षिय वालक
श्याम बि.क. नाम परिवर्तनले
वाग्लुङ्गको दगातुमडाँडाकी १५ वर्षिया सानु बि.क. नाम
परिवर्तनलाई अरेवा र पारी राक्से जोड्ने पुल नजिकै
खेतमा वलात्कार गरेको जि.प्र.का.
गुल्मीका अनुसन्धान अधिकृत
प्रहरी निरीक्षक अम्विकाप्रसाद गुप्ताले
बताए ।
‘उनले मात्र होईन उक्त दिन अर्का युवा र ति वालकले सानुलाई
सामुहिक वलत्कार गरेको स्वयमले स्वीकार
गरेका छन्’–प्रहरी निरीक्षक गुप्ताले
भने–‘ अर्का युवा पौदीअमराई–१ अरेवाका १७ वर्षिय
खिमवहादुर वलामी हुन् , जसले पहिला वलत्कार
गरी १० वर्षिय वालकलाई पठाएर
ति किशोरीलाई वलत्कार गर्न लगाएका छन् ।’
ति दुईका अलवा पौदीअमराई–३ वाङ्गेगाउँका २४
वर्षिय कृष्ण गिरी सामुहिक वलत्कार घटनाका मुख्य
योजनाकार रहेको गुप्ताले बताए ।
निजले पहिला वलामीलाई दोश्रोमा ति वालकलाई
वलात्कार गर्ने पालो दिएर अन्तिममा आफुले पालो कुरेर
वसी रहेको वेला दोश्रो पटक वलात्कारको पिडा सहन
नसकेर सानु चिच्चाउँदै भागे पछि गिरीले भने वलात्कार
गर्न नपाएको गुप्ताको भनाईछ । उनि भन्छन्–‘निजले वलात्कार
नगरे पनि मुख्य योजनाकार उनै भएकोले
मतियारका रुपमा कार्वाही प्रकृया अगाडी बढाईएका छ
। ’
ति तिनै जनाले मदिरा सेवन गरी वलात्कार गरेर फरार
भएको अवस्थामा उनिहरुलाई उक्त दिन राती दुई वजे
प्रहरीले गाउँ घेरा हाली पक्राउ
गरेको प्रहरी निरीक्षक गुप्ता बताउँछन्
। अहिले
जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका ति ‘मतियार’
र वलात्कार अभियोगीहरु मध्ये १० वर्षिय वालक
भएकोले त्यही अनुसार अदालतले फैसाला गर्ने
प्रहरी निरीक्षक गुप्ताले
जानकारी दिए ।
ति किशोरी शरिर दुखेर
विरामी परेकी छन् । उनका वावु
वर्षौं अघि दोश्रो विवाह गरेर वेपत्ता भए पछि आमाले निमेक
मजदुरी गरेर पाल्दै आएकी थिईन् ।
बलात्कृत किशोरीको उपचार र न्यायका लागि सदरमुकाम
तम्घास आउने बाटो खर्च नभए पछि गाउँमा चन्दा उठाएर
आएको स्थानिय अगुवा महिला गीता भुजेलले बताईन् ।
‘ उनिहरुको आर्थिक अवस्था अत्यन्तै दयानिय छ ’ –भुजेलले
भनिन्–‘ तम्घासमा आएर खान खर्च नभए
पछि जिल्ला प्रहरी कार्यालयले होटलमा आफुले
तिरी दिने गरी खाना खुवाएको छ ।’
जिल्ला प्रहरी प्रमुख प्रहरी नायव
उपरीक्षक हिमालयकुमार श्रेष्ठले
प्रहरी निरीक्षक गुप्तालाई भने–‘
उनिहरु वसुञ्जेल होटलमा खान खुवाउनुहोस्
हामी तिरौंला, उनिहरुको अवस्था दयानिय रहेछ । ’
आवत जावत र किशोरीको उपचारका लागि स्थानिय
अगुवा महिला भुजेलले सवै संग सहयोगको अपिल
गरेकी छन् । सहयोग गर्न चाहनु हुने
महानुभावहरुले उनिहरुको मोवाईल नम्वर ९८४७७११३६९
मा सम्पर्क गरेर सहयोग गर्न सक्नु हुनेछ ।

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment