अञ्जु पन्तको अडानभन्दा कम छैन पुरोहितको आचार संहिता

धर्म परिवर्तन गराउनेमाथि आक्रमण हुन सक्ने चेतावनी

२०७१ भदौ २२ गते 

२२ भदौ, काठमाडौं । गायिका अञ्जु पन्तले आफू क्रिश्चियन भएकाले हिन्दू गीत नगाउने घोषणा भन्दै उनको चर्को आलोचना भयो । कतिपय अञ्जुका फ्यानहरुले मोवाइलमा रहेका गीतसमेत डिलिट गरेको घोषणा गरे । तर, हिन्दूशास्त्रअनुसार कर्मकाण्ड गराउने पण्डितहरुको अडान पनि अञ्जु पन्तको भन्दा कम छैन भन्ने स्पष्ट देखिएकाे छ ।
Panditधर्मसभा नेपालले पारित गरेको २७ बुँदे ‘पण्डित यजमान आचारसंहिता’को आठौं बुँदामा भनिएको छ- ‘शास्त्र र पण्डित-पुरोहितको सम्मान नहुने घरमा पौरोहित्य गर्नु हुँदैन ।’
‘पण्डित यजमान आचार संहिता’ले ब्राह्मण र पुरोहितको उपहास गरिएको चलचित्रमा अभिनय वा मन्त्रवाचनसमेत नगर्ने घोषणा गरेको छ । आचार संहिताको १९ औं बुँदामा भनिएको छ-‘फिल्म सुटिङजस्ता अभिनयमूलक कार्यमा मन्त्रको दुरुपयोग गर्ने वा धर्म संस्कृतिकै उपहास हुने गरी ब्राह्मण, पण्डित, पुरोहितलगायत मानवको हित विपरीत हुने गरी निर्माण वा आयोजना गरिएका कार्यमा मन्त्रपाठ वा अभिनय आदि गर्नु गराउनु हुँदैन ।’
दलितको घरमा पुरेत्याइँ गर्ने कि नगर्ने ?
धर्मसभामा उठेका विभिन्न ६० वटा प्रश्नहरुको जवाफ समेटेर पुस्तकका रुपमा प्रकाशित गरिएको छ । सो पुस्तकमा ‘दलित वर्गमा वैदिक विधिसम्मत कर्मकाण्ड गराउन सकिन्छ कि सकिँदैन ?’ भन्ने प्रश्न उठाइएको छ ।
सो प्रश्नको जवाफमा भनिएको छ-‘नाममन्त्र द्वारा दलितका सबै कर्मकाण्ड गर्ने व्यवस्था शास्त्रले पहिलेदेखि नै गर्दै आएको छ । प्राप्त छुटलाई थप बोझिलो बनाउन आवश्यक छैन । किनकि जसले थोरै गर्दा पनि त्यति नै फल पाउँछ भने किन कसैलाई बोझ थप्ने ? बोझ बोकाउने ?’
महिलाले पुरेत्याइँ गर्न पाउने कि नपाउने ?
यो प्रश्नको जवाफमा भनिएको छ-‘यस्तो व्यवस्था शास्त्रमा देखिँदैन । हाल फटाफट महिलाले पण्डितको काम गर्न थालेको पाइन्छ । शुद्धता मुख्य शर्त हो ।’
‘विधर्मी’माथि आक्रमण हुन सक्ने चेतावनी
यसैवीच विभिन्न चारवटा हिन्दुवादी संस्थाले आइतबार राजधानीको अनामनगरमा पत्रकार सम्मेलन गर्ने ‘विधर्मी’माथि सडकमा आक्रमण हुन सक्ने चेतावनी दिएका छन् ।
पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा भनिएको छ-‘धर्म राक्षाका लागि सम्पूर्ण नेपाली जनता सडकमा उत्रिँदा विधर्मीमाथि हुने आक्रमण र प्रतिहिंसाको अवस्थाको बेलैमा अनुमान गर्न नेपाली पहिचान र राष्ट्रियता विरोधी धर्म परिवर्तनकारी समूहलाई हामी चेतावनी दिन चाहन्छौं ।’
विज्ञप्तिमा राष्ट्रिय धर्मसभाका अध्यक्ष प्रा.डा. माधव भट्टराई, विश्व हिन्दू महासंघका सभापति नीलप्रसाद भण्डारी, नेपाल ज्योतिष परिषदका महासचिव सन्तोष वशिष्ट र हिन्दु जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्यायको हस्ताक्षर छ ।
चारैवटा हिन्दू संगठनले गुम्वा र मन्दिरहरुमा भइरहेको आक्रमणको विरोध गर्दै धर्म परिवर्तविरुद्ध कार्यगत एकताका लागि हिन्दू, बौद्ध, किरात र बोन्पो धर्मावलम्बीसँग आग्रह गरेका छन् । उनीहरुले गौहत्या बन्द गर्न, मठ, मन्दिर, गुम्वा तोडफोड नगर्न र धर्म परिवर्तन गराउने कार्य कत्काल बन्द गर्न आग्रहसमेत गरेका छन् ।


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment