सुनकोशीको ताल फुटेपछि नदीको बेग उर्लियो फोटो फीचर

तालभित्र पुरिएका घरहरु जस्ताको त्यस्तै देखिए

२०७१ भदौ २२ गते १०:३१ मा प्रकाशित

sunkoshi-flood
२२ भदौ, सिन्धुपाल्चोक । ३५ दिनअघि सिन्धुपाल्चोकको राम्चेबाट झरेको भीषण पहिरोले सुनकोशी नदी थुनेर बनेको शनिवार राती ३ बजेतिर फुटेको छ ।
नदीले आफ्नो पुरानै बहाव भएको क्षेत्रमा ताल फुटाएको हो, जहाँ नेपाली सेनाको टोलीले ड्याम फुटाउन लामो समयदेखि प्रयास गरिरहेको थियो ।
ताल फुटेपछि नेपाली सेनाको एक्जाभेटर बगाएको छ । एक्जाभेटर बनसाँघु स्कुलमुनी भेटिएको छ ।
लामुसाँघुमा मोटरसाइकल वर्कसप बगाएको छ । केही पशु चौपाया बगाएको हुन सक्ने तर, कुनै मानवीय क्षति भने नभएको सशस्त्र प्रहरीका एसपी बिदुर गुरुङले जानकारी दिए ।
sunkoshi-flood-2
उनका अनुसार राति करिव पौने तीन बजे नदीमा पानीको बहाव बढेको भन्दै स्थानीयले हल्लाखल्ला गरेपछि सशस्त्र प्रहरी टोली पुगेको थियो ।
‘म टोली सहित पुग्दा पानी बढेर नयाँ ट्याक खनेको ठाउँसम्म आएको रहेछ’ एसपी गुरुङले अनलाइनखबरसँग भने-‘हामीले तत्काल लामोसाँघुसहितका ठाउँका मानिसहरुलाई सडकमाथि जान भन्यौं ।’
तालको पानी एक्कासी बेगका साथ निस्किएपछि अरनिको राजमार्गमा पनि क्षति पुगेको छ । अहिले यातायात आवागमन रोकिएको छ ।
उनका अनुसार अब नदी आफ्नै बहावमा आइसकेको छ भने तालमा जमेको पानी लगभग बगिसकेको छ । ‘अब तालको जोखिम हट्यो’ एसपी गुरुङले भने ।sunkoshi-flood-3
तालको पानी घटेपछि डुवानमा परेका माथिल्लो क्षेत्रका केही घरहरु देखिएका छन् । यस्तै सानिमा हाइड्रो पावरको उत्पादन गृह पनि देखिएको प्रहरीले जनाएको छ ।
गत साउन १७ गते गएको जुरेमा गएको पहिरोले सुनकोशी नदी थुनिएको थियो । पहिरोमा परी मृत्यु भएका ३३ जनाको शव भेटिए पनि झण्डै १ सय ३० जनालाई वेपत्ता अवस्थामा नै मृत घोषणा गरिएको छ ।
तालको बीचबाट अचानक बेगका साथ पानी बग्न थालेपछि सुनकोशी नदीको आकार दोब्बर बढेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी भरत बोहोराले बतए ।
करीव चालिस किलोमिटर गहिरो ताल शुरुमा १८ मिटर घटेको थियो भने अहिलेसम्म लगभग ताल क्लियर हुन लागेको प्रहरीले जनाएको छ ।
sunkoshi-flood-5
sunkoshi-flood-6

तस्वीरः कपिल धितालको ट्वीटरबाट


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment