बेपत्ता भनिएका ‘नेपाली’ अधिकारकर्मी कतार सरकारको हिरातमा

अनुसन्धान भइरहेको दावी

२०७१ भदौ २२ गते १०:२७ मा प्रकाशित

 Gunanidhi  Ghimire and  Krishna Upadhyaya
२२ भदौ, काठमाडौं । एक साताअघि कतारको राजधानी दोहाबाट बेपत्ता भएका भनिएका नेपाल मूलका दुई मानव अधिकारकर्मी आफ्नो नियन्त्रण मारहेको कतार सरकारले प्रष्ट पारेको छ ।
कतारमा रहेका नेपाली कामदारको अवस्था अध्ययन गर्न भनेर नर्वेबाट दोहा पुगेका कृष्ण उपाध्याय र गुणदेव घिमिरेलाई कतारी प्रहरीले  नियन्त्रणमा लिएको त्यहाँको विदेश मन्त्रालयले जनाएको छ ।
कतार सरकारले शनिवार विज्ञप्ति जारी गर्दै स्थानीय कानुन उल्लंघन गरेको अभियोगमा उनीहरुमाथि अनुसन्धान भइरहेको जनाएको छ ।
ग्लोबल नेटवर्क फर राइट्स एण्ड डेभलपमेन्ट नामक संस्थामा कार्यरत ती दुई वेलायती नागरिकलाई गत साता सादा पोशाकका प्रहरीले होटलबाट नियन्त्रणमा लिएका थिए ।
उनीहरुमाथि अन्तर्राष्ट्रिय कानुन अनुसार हिरासतमा राखेर अनुसन्धान भइरहेको र बेलायत सरकारलाई जानकारी गराइ सकेको कतारी विदेश मन्त्रालयले जनाएको छ ।
कतारमा २०२२ मा हुने विश्वकप फुटवलको निर्माणाधीन रंगशालाय लगायत भौतिक निर्माणका लागि गएका नेपाली कमादारहरुको अवस्था दयनीय रहेको भनेर अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले चर्चा गरेपछि उनीहरु यसबारे बुझ्न गएको बताइएको छ ।


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment