गुल्मेली कर्मचारीहरुले मनाए सेवा दिवस


      प्रेम सुनार
गुल्मी, भदौं–२२ । गुल्मी जिल्लाका कर्मचारीहरुले आज विविध कार्यक्रम गरेर निजामती सेवा दिवस मनाएका छन् । ‘निजामती सेवा मान्यता, अनुशासन ईमान्दारी र नैतिकता’ भन्ने मुल नाराका साथ आज तम्घासको वालमन्दिरमा विशेष समारोहको आयोजना गरी मनाईएको छ ।
  कर्मचारीहरुले आज विहान तम्घास वजारमा प्रभात फेरी गरी वालमन्दिर सभाहलमा प्रवेश गरेका थिए । समारोहमा प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले कर्मचारीहरु सरकारको निर्णय कार्यन्वयान गराउने कर्तव्य बोकेको कर्मचारी भएको तर कुनै दल विशेषको कर्मचारी नभएको भन्दै कसैको दवाव वा आग्राह पुर्वग्रहमा नपरी  काम गर्न कर्मचारीहरुलाई  आग्रहा गरेका थिए । उनले निष्पक्ष भएर कर्मचारीहरुले  सुशासनमा ध्यान दिनु पर्नेमा जोड थिए ।
   सेवा दिवसको अवसरमा आयोजना गरिएको विविध प्रतियोगितात्मक कार्यक्रमका विजेताहरुलाई  पुरष्कृत गरिएको थियो । महिला चम्चा दौड प्रतियोगितामा प्रथम भएकी जि.वि.स. गुल्मीकी कर्मचारी लक्ष्मी कुँवर, निजामती सेवा सुशासन र सार्वजानिक सेवा प्रवाह विषयक वक्तृत्व कला प्रतियोगितामा क्रमशः गाविस सचिव विकल्प भट्टराई, लेखापाल लक्ष्मण पौड्याल र गाविस सचिव पिताम्वर सारु प्रथम , द्धितिय र तृतिय पुरष्कारले पुरष्कृत भएका थिए ।
   कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति भुवनप्रसाद श्रेष्ठ, नेकपा–माओवादीका अध्यक्ष विरबहादुर कार्की, राप्रपाका अध्यक्ष भरतबहादुर चन्द, नेपाल परिवार दलका पशुुपति पाण्डे, क्याम्पस प्रमुख चन्द्रकान्त पन्थी, नागरिक समाजका सचिव प्रदमप्रसाद पाण्डे, नेपाल दलित संघका अध्यक्ष झविन्द्र बिक, सञ्चारिका समुहकी अध्यक्ष गगनशिला खड्का , गाविस सचिव हक हित मञ्चकी अध्यक्ष गोपाल सेन लगायतले मन्तव्य राखेका थिए ।
 खाने पानी तथा सरसफाई डिभिजन कार्यालय प्रमुख नाररायणप्रसाद काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  निमित्त स्थानिय विकास अधिकृत शंकरप्रसाद गौतमको स्वागत मन्तव्य र सहायक प्रमुख जिल्ला अधिकारी विष्णु घर्तिको सञ्चालन रहेको थियो ।
                 
उत्कृष्ट कर्मचारीहरु पुरस्कृत 

    यसै विच निजामती कर्मचारी सेवा दिवसको अवसरमा गुल्मी जिल्लाका विभिन्न कार्यालयका कर्मचारीहरु उत्कृष्ट कार्य सम्पादन, अनुशासन र कार्यालय समय पालकका रुपमा पुरस्कृत  भएका छन् ।
    पुरस्कृत  हुनेहरुमा जिल्ला प्रशासन कार्यालयकी कार्यालय सहयोगी सुमित्रा खत्री , गाविस सचिव कृष्णप्रसाल अर्यालय, जिविसका कार्यालय सहयोगी कुलानन्द सापकोटा, जिल्ला कृषि विकास कार्यालयका वागवानी अधिकृत फटकबहादुर थापा, जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत गोपालप्रसाद खनाल, जिल्ला शिक्षा कार्यालयका लेखापाल दामोदर पन्थ रहेका छन् ।        
   त्यस्तै पशु सेवा कार्यालयका प्राविधिक हिमलाल पाण्डे, जिल्ला वन कार्यालयका कार्यालय सहयोगी कृष्णप्रसाद गौतम, जिल्ला प्राविधिक कार्यालयका नायव सुव्वा विष्णुकुमारी राना, खानेपानी कार्यालयका कार्यालय सहयोगी लोकबहादुर बस्नेत, मालपोत कार्यालयका कार्यालय सहयोगी ज्ञानबहादुर श्रीस् पुरस्कृत  भएका छन् ।
    अन्य पुरस्कृत हुनेहरुमा कोलेनिकाका  सह–लेखापाल मधुप्रसाद भट्टराई, सिचाई डिभिजन कार्यालृयका नायव सुव्वा रामप्रसाद मरासीनी, जिल्ला हुलाकका हल्कारा मुमलाल गौतम, कफि विकास केन्द्र आँपचौरका कार्यालय सहयोगी खेमराज पोख्रेल, महिला तथा वालवालिका विकास कार्यालयकी सुपरभाईजर ईन्दिराकुमारी थापा, घरेलुका नायव सुव्वा मोदनाथ ज्ञवाली, कारागार कार्यालयका कार्यालय सहयोगी गीतानन्द खनाल, नापी कार्यालयका अमिन सुमन बोटे, आयुवेदिक केन्द्रका कविराज निरीक्षक नरहरी अर्याल र रेसुङ्गा नगर पालिकाका नायव सुव्वा गोपाल पन्थी पुस्कृत भएका हुन् ।
    पुरस्कृत हुनेहरुलाई कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल र अध्यक्षता गरी रहेका खानेपानी कार्यालयका प्रमुख नारायणप्रसाद काफ्लेले कदर सम्मान पत्र र करुवा पुरष्कार प्रदान गरेका थिए ।

 तस्वीरः कार्यक्रम स्थल वालमन्दिर सभाहलका केहि झलकहरु

Displaying IMG_9695.JPG


Displaying IMG_9691.JPG

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment