गुल्मीका विद्यालयमा झण्डै ६ करोडको सोलार

Displaying DSC09898.JPG
 
प्रेम सुनार
गुल्मी, असोज–३ । गुल्मी क्षेत्र नम्वर ३ का ४२ वटा माध्यामिक र उच्च माध्याकि विद्यालयका लागि झण्डै ६ करोड मुल्य वरावरको सोलार आउने भएको छ । क्षेत्र नम्वर ३ का सभासद एवं नेकपा एमाले केन्द्रिय सचिव गोकर्णराज विष्टले यस्तो जानकारी गराएका हुन् ।
  नेता विष्टले शुक्रवार सदरमुकाम तम्घासमा एक क्याम्पस सहित क्षेत्र नम्वर ३ का ६ वटा माध्यामिक विद्यालयमा ३ किलोवाट क्षमताको सोलार प्रदान गरदै यस्तो जानकारी दिएका हुन् ।
  उनका स्वकिय सचिव रमेश काउछाका अनुसार एक विद्यालयलाई १३ लाख ४५ हजार मुल्य वरावरको सोलार वितरण गरिदैछ । त्यस हिसावले क्षेत्र नम्वर ३ का ४२ वटा मावि र उच्च माध्यामिक विद्यालयमा ५ करोड ६४ करोड ९० लाख मुल्यको सोलार वितरण हुनेछ ।
   उनले गुल्मीका सवै प्रहरी चौकी, स्वास्थ्य चौकीहरुमा पनि सोलार उपलव्ध गराउने उद्घोष गरे ।। उनले भने–‘आफुले विद्यालय पढ्ने वेलामा गाडी समेत कस्तो हाला भन्ने कल्पना गर्दथे  तर  यो विज्ञान र प्रविधिको युगका विद्यार्थी भाई वहिनीहरुले सानै देखि  कम्युटर शिक्षा र ईन्टरनेटको ज्ञान लिन सकुन भन्ने  उद्देश्यका साथ यो कार्यक्रम ल्याएको हुँ । ’
   उनले क्षेत्र नम्वर ३ मा मात्र होईन १ र २ मा समेत अति आवस्यक विद्यालयले माग गरे उपल्व्ध गराउने प्रतिवद्धता जनाए । वैकल्पिक उर्जा प्रवर्धन केन्द्र खुमलटार लालितपुरको ७५ प्रतिशत रकम र उर्जा घर प्रा.लि.ले २५ प्रतिशत वोहोर्ने गरी  विष्टको पहलमा ल्याईने सोलारबाट अव क्षेत्र नम्वर ३ का सवै माध्यामिक र उच्च माध्यामिक विद्यालयहरुमा कम्युटर कक्षा सञ्चालन हुने भएका छन् ।
   सफल  पुर्व  उर्जा मन्त्रीका रुपमा  समेत परिचीत  विष्टले जनताको घर घरमा समेत सोलार वत्ती उपलव्ध गराउँने सोंचमा रहेको बताए । उनिद्धारा शुक्रवार दोश्रो चरणको सोलार प्राप्त गर्नेहरुमा जनज्योति क्याम्पस पुर्कोटदह, जमलपोखरा मावि छापाहिले, ज्ञानोदय मावि पिपलधारा, सोमरभोमर मावि हाडहाडे र  दिपक मावि भनभने रहेका छन् ।
  नेता विष्ट सहित गुल्मीका प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, स्थानिय विकास अधिकारी हरिप्रसाद ज्ञवाली, प्रहरी नायव उपरिक्षक हिमालयकुमार क्षेष्ठ, गुल्मी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष कृष्णप्रसाद भण्डारी, वुद्धिजीवि परिषदका अध्यक्ष दानबहादुर केसी लगायतको हातबाट उक्त सोलार वितरण गराईएको थियो ।
  कार्यक्रमको संयोजन नेकपा एमाले क्षेत्र नम्वर ३ का सचिव नरेश भण्डारीले गरेका थिए ।  यस अघि पहिलो चरणमा सभाषद विष्टले वाग्ला मावि, वाग्ला, भगवती उच्च मावि–वाग्ला, निन्युखर्क मावि हाडहाडे, रामराज्य उमावि दोहरी म्यालपोखरी मावि म्यालपोखरी र वाँझकटेरी मावि बाझकटेरीलाई सोलार वितरण गरेका थिए ।
तस्वीरः सोलार वितरण गर्दै नेकपा एमाले सचिव एवं सभासद गोकर्णराज विष्ट


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment