प्रेम सुनार
गुल्मी, असोज– ३ । नेकपा एमालेका सचिव गोकर्णराज बिष्टले अन्य दलहरु संग सहमति नजुटे कांग्रेस एमालले दुई तिहाई जुटाएर भए पनि माघ आठमा संविधान जारी गर्ने जिकीर गरेका छन् । सुक्रवार विहान प्रेस चौतारी नेपाल, गुल्मीले सदरमुकामा आयोना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सहमतिका नाममा समय खेर फाल्न नहुने समेत बताए ।
‘सहमतिको नाममा देशलाई संबिधान बिहीनतामा राख्न पाईँदैन,’ उनले भने, ‘सहमति नबने दुई तिहाईबाटै भएपनि संबिधान आउँछ ।’ उनले सञ्चारकर्मीको प्रतिप्रश्नमा भने, ‘अहिले सम्म हामीले त्यस्तो कल्पाना गरेका छैनौँ, सहमति नभए कांग्रेस र एमालेले बहुमतको आधारमा भएपनि संबिधान ल्याउँछ् ।’
उनले सांकेतिक रूपमा एकिकृत माओबादी र राप्रपा नेपाललाई ईङकीत गर्दै भने– ‘संघियताको बिषमा बिमती राख्दै आएका चित्रबहादुर केसीले समेत संबिधान निर्माणमा असर गर्दिन भन्नुभएको छ, अरू दलका साथीहरूपनि मागहरूमा लचक हुनु प¥यो ।’संबिधान लेखनमा संबिधानसभा भित्रै रहेका दलहरूले अप्ठ्यारोमा पारेको बताएका छन् ।
उनले संबिधानसभामै रहेका दलहरूले नै माघ ८ मा संबिधान लेख्ने काममा बाधा पु¥याएको बताउँदै तोकिएको समयमा संबिधान बन्नेमा आशंका समेत प्रकट गरे । ‘भित्रकै कतिपय दलहरूले संबिधान लेखनमा समस्यामा पारेका छन्’ उनले शुक्रबार प्रेस चौतारीले सदरमुकाम रेसुङगा नगरपालिकामा आयोजना गरेको पत्रकार सम्मेलनमा भने, ‘उदारताका साथ बाटो बिराउन लागेका साथीहरूले आफूहरूलाई सच्याउनु जरूरी छ ।’
साथै उनले एकिकृत नेकपा माओबादीले अबरूद्ध गरिरहेको सदन खोल्नको लागि आफूहरू तयार रहेको समेत बताए । उनले संबिधानसभाको कार्यक्षेत्रमा हस्तक्षेप गर्न नपाउने गरि गठन हुने उच्चस्तरीय राजनीतिक समिति आफूहरूलाई मान्य हुने बताए । ‘कुनुै अमुख पार्टीको स्वार्थका लागि संयन्त्र चाहिँदैन’, उनले भने, ‘संयन्त्र गठन गर्नेनै भए पालै पालो नेतृत्व गर्ने गरि संबिधानसभाको कार्यक्षेत्रमा हस्तक्षेप समेत नहुने गरि संयन्त्र बन्नु पर्छ ।’
नेता विष्टले गृह जिल्ला गुल्मीको सडक निर्माण, शिक्षा, स्वास्थ्य , विद्युत लगायत जनताका अन्य आधारभुत आवस्यकता पुर्तिका लागि सरकारले ठुलो रकम विनियोजन गरेको बताए ।
कार्यक्रममा प्रेस चौतारी नेपालका पुर्व केन्द्रिय अध्यक्ष गगन विष्ट, नेकपा एमाले गुल्मीका कार्यवाहक अध्यक्ष मधुकृष्ण पन्त लगायतका नेताहरुको सहभागिता थियो । प्रेस चौतारी गुल्मीका अध्यक्ष शिव सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सह–सचिव टोपलाल अर्यालको सञ्चालन रहेको थियो ।

0 comments:
Post a Comment