प्रेम सुनार
गुल्मी,असौज–६ । जिल्ला प्रहरी कार्यालय गुल्मीले यहाँको रेसुङ्गा नगरपालिका अन्तरगत सिमीचौर गाउँवाट आज ठुलो परिमाणमा काठ वरामद गरेको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक हिमालयकुमार श्रेष्ठले दिएको जानकारी अनुसार सिमीचौरको ओमलाईट वोर्डिङ्ग स्कुल नजिकै वेवारिसे अवस्थामा रहेको सल्लाको ४२ थान काठ वरामद गरी अहिले प्रहरीले सदरमुकाम तर्फ ल्याउँदै छ ।
‘दुई घण्टा भयो कसैले मेरो हो भन्ने दावी गर्न आउँछ कि भनेर उक्त काठ राखेको’–प्रहरी प्रमुख श्रेष्ठले भने–‘ अहिले सम्म कोही नआएकोले अवैध भएको आशंका भएको छ । ’ । एउटा ट्याक्टर र जिल्ला प्रहरी कार्यालयको वान टन गाडीमा काठहरु ल्याउँदै गरेको बताउँदै प्रहरी प्रमुख श्रेष्ठले जिल्ला वन कार्यालयमा बुझाउने जानकारी दिए ।
दुई सामुदायिक वन मध्ये एउटाको जिल्ला वन र अर्काको अदालतमा मुद्धा परेको त्यस कार्यालयका अधिकृृत कर्णबहादुर पाण्डेले बताए । प्रहरीले काठ वरामद गर्नुको केहि वेर अघि मात्र छड्के चेकमा पुगेको वताउने जिल्ला वन कार्यालयको टोलीले भने उक्त काठ नदेखेको भन्दै फर्केको थियो । सहायक जिल्ला वन अधिकृत रोशन श्रीवास्तवले भने– ‘ हामी करिव १२ वजेतिर त्यस स्थानमा अनुगमन गर्न जाँदा हामीले उक्त काठ देखेनौं, खै प्रहरीले कहाँवाट वरामद ग¥यो वुझेर जानकारी गराउँला । ’
स्मरण रहोस् सोही सिमीचौरका दुई वटा सामुदायिक वनमा काठ तस्करी भएको भन्दै मुद्धा परेको थियो । दुई मध्ये एउटा सामुदायिक वनको जिल्ला वनमा र अर्काको अदालतमा मुद्धा परेको त्यस वन कार्यालयका अधिकृत कर्णबहादुर पाण्डेले बताए । जिल्लामा रातौंरात काठ ओसार पसार हुने र मिलोमोतोमा तस्करी बढ्ने गरेको सर्वसाधरणको आशंका छ । जिल्ला प्रहरी प्रमुख श्रेष्ठले अव त्यस्तो मिलोेमोतो हुन नदिने र आशंका लागेका स्थानमा आफुले निगरानी बढाउने प्रतिवद्धता जनाए ।
0 comments:
Post a Comment