अनिल खत्री
गुल्मी असोज–६ हिन्दु नेपालीहरुको महान पर्व बिजय दशमी नजिकिदै गर्दा गुल्मीको सदरमुकाम तम्घास सगै ग्रामीण भेगका मुख्य बजारमा बिस्तारै चहलपहल बढन थालेको छ । चाडपर्वमा लामो समय सम्म देश तथा प्रदेसमा रहेका नेपालीहरु चाडपर्व मनाउन आफनो घर आउने हुनाले पनि बजार,गाउघरमा चहल पहल बढन थालेको हो । चार्ड पर्वकोलागी बजारमा दैनिक उपभोग्य सामान किनमेल गर्न गाउबाट बजारमा उपभोक्ताहरु आउने गरेसगै बजारमा चहल पहल वढेने गरेको छ ।
बजारमा हुने कालो वजारी, म्याद गएका समानहरु बिक्री बितरणमा रोक लगाउन वेला वेलामा प्रसासनले बजार अनुगमन गर्ने गरेको छ । चाड पर्व सगै जिल्ला प्रसासन कार्यलय गुल्मीले यति बेला अनुगमनलाई पनि तिब्र पारेको छ । चाड पर्वमा बढी मात्रामा खाध्यन्न सामाग्रीहरु खपत हुनेहुनाले त्यस्ता पसलहरुमा प्रसासनले अनुगमन गरेको हो । प्रसासनले सोमबार तम्घास बजारका बिभिन्न ठाउका पसहरुमा अनुगमन गरेको छ । जिल्ला प्रसासन कार्यलय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर घर्ति सहित तुल्सीराम न्यौपाने,शालिकराम गैरे, गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका वरिष्ट उपाध्यक्ष दुर्गा प्रसाद पाण्डेय, नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसाल लगायत प्रहरीको टोलीले तम्घासको उपल्लो तम्घास देउराली देखि भगवती मन्दीर सम्मका पसलहरुमा अनुगमन गरेको छ । त्यस्तै आजै जिल्ला प्रसासन कार्यलय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र पन्थी, पदम थापा, रमेश मरासिनी, गुल्मी उद्योग वाणिज्य संघका राम प्रसाद पन्थी, नेपाल पत्रकार महासंघ गुल्मीका कोषाध्यक्ष अनिल खत्री लगायत प्रहरी सहितको टोलीले तम्घास बजारको उदिनढुङ्गा देखि मिलनचोक सम्म रहेका पसलहरुमा अनुगमन गरेको छ । अनुगमनको क्रममा उपल्लो तम्घास देउरालीबाट टोलीले केहि पसलहरुमा दर्ता बिना मदिरा बेचबिखन गरेको भन्दै मदिरा बरामत गरेको छ भने घरेलु मदिरा बनाउन प्रयोगहुने कच्चा पदार्थ समेत वरामत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर घर्तिले जानकारी दिनुभयो । घर्तिका अनुसार म्याद गएका अन्य सामाग्रीहरु बरामत गरेको बताउनु भयो । बरामत गरेका सबै सामाग्रीहरु प्रहरीले आजै नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक महेन्द्र नेपालले जानकारी दिनुभयो ।
यता गुल्मीको सदरमुकाम तम्घासका लगायत ग्रामीण भेगका मुख्य बजारमा चहल पहल वढे सगै चाडपर्वलाइ लक्षित गरि गुल्मी उद्योग वाणिज्य संघ गुल्मीले शनिवार बन्द रहदै आएका गुल्मी जिल्लाका पसलहरु खुल्ला गर्ने भएको छ । नेपालीहरुको महान पर्व बिजय दसमी तथा दिपावली लगतै पेन्सन क्यम्प सम्मको लागी शनिवार बन्द रहदै आएका पसल खुल्ला रहने गुल्मी उद्योग वाणिज्य संघ का महासचिव कृष्ण पोखरेलले जानकारी दिनुभयो । शनिवार बन्द रहने पसल खुल्ला भए सगै उपभोक्ताहरुलाई किनमेल गर्न सहज भएको छ ।
0 comments:
Post a Comment