आफूलाई जन्म दिने आमा सिरियामा बन्धक र बाबु मजदुरी गर्न भारत गएको एक दशक पुग्दा पनि परिवारको सम्पर्कमा नआउँदा रुकुमका एक बालिकाको बिचल्ली भएको छ ।
रुकुम सदरमुकाम खलंगा-८ की ११ वषर्ीया कृष्णा चनारा आमाबाबुर नभएपछि सहाराविहिन बनेकी हुन् । बालिकाकी आमा भूमि चनारा विगत पाँच महिनादेखि सिरियामा बन्धक छिन् भने बाबु धनबहादुर विगत एक दशकदेखि रोजगारीका लागि भारत गए पनि अहिले सम्म परिवारको सम्पर्कमा नआएको राजधानी दैनिकमा खबर छ । बालिका चनारा अहिले मावलीमा बस्दै आएकी छन् । उनी खलंगास्थित यमुनानन्द उच्च माविमा कक्षा-७ मा पढ्छिन् ।
बालिका कृष्णाको आमा भूमि रोजगारीका लागि गत ५ वैशाखमा घरबाट हिडेकी थिइन् । लामो समयदेखि पति भारतमा वेपत्ता भएपछि छोरीको पालनपोषण र शिक्षादीक्षाका लागि भन्दै भूमि छिमेकी रेणुका चनारासँगै विदेश उडेकी थिइन् ।
0 comments:
Post a Comment