नेपाल अफगानिस्तानसँग ८ रनले पराजित

फाइल फोटो
फाइल फोटो
१५ असोज, काठमाडौं । एसियन खेलकुद अन्तर्गत दक्षिण कोरियामा जारी पुरुष क्रिकेट तर्फको तेस्रो क्वाटरफाइनल खेलमा नेपाल ८ रनले पराजित भएको छ । दक्षिण कोरियाको इन्छनमा बुधबार भएको खेलमा अफगानिस्तानले नेपाललाई ८ रनले पराजित गरेको हो ।
पहिले व्याटिङ गरेको अफगानिस्तानले नेपाललाई १ सय २० रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
जवाफि व्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभर खेल्दै सात विकेटको क्षतिमा १ सय ११ रनमा समेटिएको थियो ।
अफगानिस्तानका लागि मोहमद सेहजादले ४२ रन जोडे भने मोहोमद नाबीले १८ रनको योगदान दिए ।
बलिङतर्फ नेपालका शक्ति गौचन र सागर पुनले ३र३ विकेट लिए । यसैगरी, सोमपाल कामी र बसन्त रेग्मीले १र१ विकेट झारे


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment