अनिल खत्री गुल्मी २७ भदौ,
जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी प्रमुख हिमालय कुमार श्रेष्ठले भनेर भन्दा पनि काम गरेर देखाउने बताउनु भएको छ । केही दिन अगाडि सरुवा भएर जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रमुख भएर आउनु भएका डिएसपी श्रेष्ठले शुक्रवार पत्रकारहरु सगँको परिचय कार्यक्रममा यस्तो बताउनु भएको हो । मैले यो गदै छु भनेर भन्दा पनि जनताहरुको चित्त बुझ्ने काम गरेर देखाउछु डिएसपी श्रेष्ठले भन्नुभयो“ मलाई काम गर्नका लागि तपाइहरुको सहयोग आवश्यक छ ।” म जिल्लाको प्रहरी प्रमुख भएपनि मैले कानुनमा टेकेर काम गर्ने हो , कानुनभन्दा माथी पुगेर मलाई पनि काम गर्न छुट छैन श्रेष्ठको भनाई रहेको छ ।
उहाँले गुल्मी जिल्लाको शान्ति सुरक्षा लगायतका बिभिन्न अवस्थाहरुको बारेमा पत्रकारहरुबाट जानकारी समेत लिनुभएको छ । जिल्लामा भएका पुराना हत्या, चोरी लगायतका केही घटनाहरुको बारेमा जानकारी लिनुभएका जिल्ला प्रहरी प्रमुखले ती घटनाहरुको छिटो भन्दा छिटो अनुसन्धान गर्नका लागि बिषेश टोली खटाउने बताउनुभयो । साथै उहाँले चाडपर्वहरु नजिक आइरहेकाले चाडपर्वका समयमा हुन सक्ने सम्भावित घटनाहरुलाई प्रहरीले बिषेश ध्यानमा राखेर दिवा तथा रात्री गस्ती, चेकजाचँ लगायतका काम कारवाहीहरु अगाडि बढाईसकेको कार्यक्रममा जानकारी गराउनु भएको थियो ।
श्रेष्ठले घरेलु झै झगडाको प्रमुख कारण घरेलु मदिरा भएको र यसले समुदायमा नकरात्मक असर गरिरहेकाले सदरमुकाम तम्घास लगायत जिल्लाका बिभिन्न ठाउमा घरेलु मदिरा नियरन्त्रण गर्ने, जनता र प्रहरीबिचको सम्बन्ध सुमधुर बनाउनका लागि जनतासगँ प्रहरी गतिविधीहरु पु¥याउने खालका क्रियाकलापहरु पनि छिट्टै नै सञ्चालन गर्ने बताउनु भयो । पछिल्लो समयमा सदरमुकाम तम्घासमा मोटरसाईकलहरु तिब्र गतिमा कुदाउने लगायत सदरमुकाम तम्घास बजारको अब्यस्थित पार्किङ्ग र सवारी साधनहरुले चाडपर्वका बेला मनपरि भाडा लिनेजस्ता गुनासाहरु आईरहेकाले त्यसतर्फ प्रहरीको ध्यान पु¥याउन पत्रकारहरुले प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक हिमालय कुमार श्रेष्ठलाई आग्रह गरेका थिए । कुनै पनि घटनाहरुको पुष्टि एवं जानकारीको प्रमुख स्रोत प्रहरी नै भएकाले घटनाहरुको जानकारी सहज रुपमा पत्रकारहरुलाई दिन समेत उपस्थित बिभिन्न सञ्चार माध्यमहरुमा कार्यरत पत्रकारहरुले डिएसपी श्रेष्ठलाई कार्यक्रममा अनुरोध गरेका थिए । श्रेष्ठ केहि दिन अगाडि झापाबाट गुल्मी जिल्ला प्रहरी कार्यलयको प्रमुख भएर आउनु भएको छ । अहिले गुल्मीमा डिएसपी सहित ४ जना प्रहरी इन्स्पेक्टर नयाँ रहेका छन ।
0 comments:
Post a Comment