गोलमेच सम्मेलन स्थगित, फेरि गोलमेच नगर्ने कानुनमन्त्रीको संकेत





२०७१ भदौ ३१ गते 





३१ भदौ, काठमाडौं । बैद्य माओवादीको मोर्चा सहभागी नहुने भएपछि प्रधानमन्त्री सुशील कोइरालाले सर्वदलीय राजनीतिक सम्मेलन स्थगित गरेका छन् ।
सम्मेलनका लागि दलका नेताहरु बानेश्वरस्थित संविधानसभाको लोत्से हलमा पुगिसकेका थिए । तर, केहीबेरमा आउँछौं भनेको माओवादीले नआएको भन्दै प्रधामन्त्रीले सम्मेलन रद्द गरिएको घोषणा गरेका छन् ।
उनले सम्मेलन स्थलबाटै माओवादी अध्यक्ष मोहन बैद्यलाई फोन गरेका थिए । उनले सम्मेलनमा नआउने निर्णयलाई आफूलाई एकदमै दुःखी बनाएको बताए ।
लगतै शान्तिमन्त्री नरहरि आचार्यले पत्रकारहरुसँग कुरा गर्दै अब गोलमेच सम्मेलन नै नहुने संकेत गरे । निर्वाचन बहिस्कार गरेर गल्ती गरेको बैद्य माओवादीको कुरा पनि संविधान निर्माणमा आओस् भनेर सम्मेलन गर्न लागेको भन्दै उनले भने- दुभाग्यबस हुन सकेन । यो ऐतिहासिक सन्दर्भ, जुन मौका उपलब्ध भएको छ । त्यो गएको छ ।’
अब फेरि गोलमेच सम्मेलन हुन्छ कि हुँदैन भन्ने प्रश्नमा उनले भने- यस्तो सम्मेलनका बारेमा भन्न सकिने कुनै आधार छैन ।’ संविधानसभाले आफ्नो प्रक्रिया अनुसार जनताको राय सुझाव भने लिने उनले बताए ।
यसअघि बैद्य माओवादीको मोर्चाले अन्तिम समयमा आएर सम्मेलनमा नजाने निर्णय गरेको थियो ।


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment