पुनर्वास १२ असोज-कञ्चनपुर
--कञ्चनपुरको सदरमुकामदेखि दक्षिणी क्षेत्रमा पर्ने बाईसेबीचवा, नौरङ्गा–४ मा ५० ओटाको संख्यामा रहेको एक हूल हात्तीले करिब बिहान २ बजेतिर ३६ वर्षीय स्थानीय युवक गर्बुप्रसाद चौधरीको ज्यान लिएको हो ।
भारतको दुदुवा नेश्नल पार्कबाट अनियन्त्रित हुँदै आएका कम्तीमा ५० ओटा जङ्गली हात्तीहरुको बथान पुनर्वासको बीचफाटा हुँदै सीमाबर्ती क्षेत्र ङ (गाउँ), लक्ष्मीपुर, बुट्टाबारी हुँदै बाईसेबीचवामा समेत आतङ्क मच्चाउँदै आएको प्रत्यक्ष दर्शीहरु बताउँ छन् ।
पुनर्वास नगर पालिका र बेलौरी नगर पालिकाका सीमावर्ती क्षेत्र तथा घटनास्थल वरपर विगत १५ दिन अगाडि नै हात्तीको आतङ्क निकै चर्किएको थियो । तर सम्बन्धित निकायले यस विषयमा कुनै ठोस निर्णय र कदम चाल्न नसक्दा मानबीय क्षतीसमेत भएको जन गुनासो रहेको छ ।
हिजो राती ७ बजेदेखि बिहानको ३ बजेसम्म त्यस क्षेत्रमा हात्तीको आताङ्कले सिङ्गो गाउँ नै आतङ्कित पारेको थियो । किसानीहरुले वर्ष भरि दुःख गरेर लगाएको खेतीमा १५ दिनदेखि हात्तीले खेती नष्ट गर्दै आए पछि गाउँले र स्थानीयबासीहरु मिलेर हात्ती भगाउ अभियानमा लागि पर्दा चौधरीको ज्यान गएको स्थानीय बद्धिजिबी मदनसेन बडायतले बताएँ ।

0 comments:
Post a Comment