प्रेम असफल भएपछि पागल बनेकी युवतीको उद्धार



गोरखा, असोज १४ - मानसिक
समस्या देखिएपछि २ वर्षदेखि घरमै थुनिएर बस्न वाध्य
गोरखा बुंकोटकी अम्बिका थापामगरको निशुल्क उपचार हुने भएको छ

त्रिबि शिक्षण अस्पतालले उहाँको निशुल्क उपचारको व्यवस्था गरेको हो ।
उज्यालो अनलाइनमा अम्बिकाको कारुणिक अवस्था बारेको समाचार पढेपछि बुंकोट
आएका शिक्षण अस्पतालका डाक्टर अजय थापाले अम्बिकालाई उद्धार
गरि उपचारका लागि काठमाडौं लैजानु भएको छ । उहाँले अम्बिकाको घर पुगेर
स्वास्थ्य परीक्षण गर्नुभएको थियो । केहीबेर
कुराकानी गरेपछि अम्बिकाको उपचार गर्न सकिने विश्वास
लागेको थापाले बताउनुभयो । डाक्टर थापाले २ वर्षदेखि बन्द कोठाभित्र बस्न
वाध्य अम्बिकालाई आफैंले नुवाईधुवाई गरिदिनुभएको थियो ।
‘सुरुमा उनको अवस्था देख्दा र मलाई पनि आँसु आउला जस्तो भयो’ डाक्टर थापाले
भन्नुभयो, ‘विस्तारै कोठाभित्र छिरें, केहीबेर कुरा गरें, त्यसपछि त
उनले मेरो कुराको रेस्पोन्स गर्न थालिहालिन् ।’
उज्यालो अनलाइनमा अम्बिकाको अवस्थाबारे समाचार पढेपछि डाक्टर थापा एक्लै
गोरखा आउनुभएको हो । ‘खबर पढेपछि मन नै सम्हाल्न सकिँन, बिदा मिलाएर
गोरखा आएँ ।’ उहाँले भन्नुभयो । त्रिवि शिक्षण अस्पतालको मानसिक
बार्डको बेड नम्वर १२ मा अम्बिकाको उपचार हुने डाक्टर थापाले बताउनुभयो ।
उपचार निशुल्क गराउन आफूले अस्पतालका निर्देशकसँग कुरा गरिसकेको डाक्टर
थापाले बताउनुभयो । बुंकोट स्वास्थ्य
चौकीको एम्बुलेन्समा गोरखा जिल्ला अस्पताल
आइपुगेकी अम्बिकाले उज्यालो अनलाइन सँग
पनि केहीबेर कुरा गर्नुभएको छ । यसअघि उहाँको घरमै
पुग्दा केही नबोलेकी अम्बिकाले
काठमाडौं जानुअघि भन्नुभयो ‘म काठमाडौं उपचार गर्न जान लागेका ।’ अम्बिकासँगै
उहाँको बुबा दलबहादुर थापामगर पनि काठमाडौं जानुभएको छ ।
बिबाहका विषयमा परिवारसँग कुरा नमिलेपछि अम्बिकामा मानसिक
समस्या देखिएको थियो र उहाँले २ वर्ष एउटा कोठामा बिताउनुभएको थियो ।
अम्बिकाको पहिलाको अवस्थाबारे थाहा पाउन पढ्नुहोस : प्रेमले बनायो पागल









Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment