दोश्रो संविधन सभा निर्वाचनको मतपत्र कालिगण्डकीमा

Displaying matapatra 2.jpg

 प्रेम सुनार
गुल्मी, असोज–२५ । गत मंसिर ४ मा सम्पन्न भएको दोश्रो संविधान सभा निर्वाचनमा प्रयोग भएको मतपत्र १० महिना पछि कालिगण्डकीको किनारमा भेटिएको छ । पर्वतबाट पत्रकारद्धयः महेन्द्र केसी र बैकुण्ठ गिरीद्धारा प्रेषित समाचारमा पर्वतको कुस्मा नगरपालिका जल्कीनी स्थित कालिगण्डकी नदी किनारमा एकिकृत नेकपा माओवादीको हँसिया हथौडामा छाप लगाएका मतपत्रहरु मात्रै  भेटिएका छन् ।
   स्थानियवासी गिरीधारी पौड्याल कालिगण्डकी किनारमा स्नान गर्न जाने क्रममा वेवरिसे अवस्थामा मतपत्र भेटिए पछि उक्त कुराको खुलासा भएको हो । खोलेर हेर्दा पुरै मतपत्रमा हँसिया हथौडा छाप लगाएकको भेटिए पछि पौड्यालले एकिकृत माओवादी पर्वतका सचिव ढाकाराम गौतमलाई जानकारी गराएका थिए । गत संविधान सभा निर्वाचनमा विदेशी शक्ती लगाएर कांग्रेस, एमालेलाई जिताउने र एमाओवादीलाई हराउने षडयन्त्र भएको सो पार्टीले आरोप लगाउँदै आएको बेला कालिगण्डकी किनारमा मतपत्र भेटिनुले उसको आरोपलाई थप वल पुराएको छ ।
जिल्ला निर्वाचन कार्यालय पर्वतले भने सम्पुर्ण पकृया तत्कालिन समयका मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको हुनाले आफुहरुलाई केहि थाह नभएको जनाएको छ । यस सम्वन्धमा पर्वतका तत्कालिन मुख्य निर्वाचन अधिकृत माधवेन्द्र रेग्मीले निर्वाचन प्रकृयाको जिम्मेवारी समेत तत्कालै सकिएकोले मतपत्र विर्सजनबारे आफुलाई केहि थाह नभएको बताएको समाचारमा उल्लेख छ ।
  त्यसो त गुल्मीको वामी तर्फबाट बढिघाट खोला किनार हुँदै ल्याईएको मतपत्र ३६ घण्टा पछि सदरमुकाम ल्याएर विचबाटोमा धाँधली गरेको आरोप एमाओवादी गुल्मीले लगाउँदै आएको छ । कालिगण्डकी नदि किनारमा भेटिएका मतपत्र सहितगत संविधान सभा निर्वा निष्पक्ष छानविन हुनु पर्ने यस घटनाले देखाएको छ ।

Displaying pata patra.jpg


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment