2071/7/1 मा प्रकाशित
कार्तिक-१, काठमाडौं ।
छोरा कृष्णप्रसादको हत्यामा संलग्न दोषीमाथि कारबाहीको माग गर्दै ३५८ दिन लामो आमरण अनसनमा रहेकी गंगामाया अधिकारीको अनसन आज साँझ तोडिएको छ।
प्रधानमन्त्री सुशील कोइरालाको विशेष पहलमा गंगामायाको जीवनरक्षाका अनसन तोडिएको हो । साढे नौ बजे शान्ति तथा कानुनमन्त्री नरहरी आचार्यले हर्लिक्स खुवाएर गंगामायाको अनसन तोडिएको हो । अनसन तोडे पनि गंगामायाले औषधी र जीवन रक्षाका लागि झोल पदार्थ मात्र खाने छिन् ।
न्यायका लागि दिवगंत पति नन्दप्रसाद अधिकारीसँंगै गंगामाया पनि एक वर्षदेखि आमरण अनसन बस्दै आएकोमा असोज ६ गते नन्दप्रसादको वीर अस्पतालमा मृत्यु भएको थियो । नन्दप्रसादले शव अहिलेसम्म परिवारले बुझेको छैन र दाहसंस्कार पनि भएको छैन।कान्छा छोरा कृष्णप्रसादका हत्यारालाई कारबाही माग राखेर आमरण अनशन बसेको तीन सय ३२ औं दिनमा असोज ६ गते गंगामायाका पति नन्दप्रसादको निधन भएको थियो।
0 comments:
Post a Comment